Home / प्रदेश खबर / त्रिभुवननगर जेसिजको पुर्वपरिचय तालिम सम्पन्न
eSewa payment gateway
Birla Tyres

त्रिभुवननगर जेसिजको पुर्वपरिचय तालिम सम्पन्न

logo

दाङ, चैत्र ९ । त्रिभुवननगर जेसिज दाङका नयाँ सदस्यहरुको लागि पुर्वपरिचय तालिम शुक्रबार सम्पन्न भएको छ । जेसिजका अध्यक्ष लालमणि भण्डारीको अध्यक्षतामा भएको तालिममा विभिन्न क्षेत्रबाट जेसिज बन्न चाहनने नयाँ सदस्यहरुको रुपमा सहभागी भएका थिए ।

तालिम प्रतिष्ठानका अध्यक्ष कुमारराज श्रेष्ठ प्रमुख प्रशिक्षक र पुर्वअध्यक्ष रजिव उल्लाह खान र पुष्प आचार्यले प्रशिक्षक रहेको तालिममा उहाहरुले जेसिजको बारेमा जानकारी दिनुभएको थियो भने जेसिजका सदस्यहरुले अपनाउनु पर्ने अनुशासन लगाएतको बारेमा प्रशिक्षण दिनुभएको थियो । २१ जना सहभागी भएको तालिमको संयोजक चिरिन्जीवि कुँवर रहनु भएको थियो भने कार्यक्रमको सहजीकरण महासचिब बुद्धिप्रकाश शर्माले गर्नुभएको थियो ।

कार्यक्रममा नयाँ सदस्यहरु भुपाल रोकाया, बालकुमार घर्ति र श्याम गिरी लगाएतले आफ्नो अनुभवहरु समेत प्रस्तुत गर्नुभएको सचिब टंकबहादुर रावत अनन्तले जानकारी गराउनु भएको छ ।


Gorkha Hospital Dang