Smiley face
नगरस्वास्थ्य केन्द्र स्थापना हुने – ।।दाङ खबर।।
Smiley face

Home / दाङ विशेष / नगरस्वास्थ्य केन्द्र स्थापना हुने

नगरस्वास्थ्य केन्द्र स्थापना हुने

लमही नगरपालिकाले वडानम्वर–४ को घुम्ना र वडा नम्वर–९ को अमेलियामा नगर स्वास्थ्य केन्द्र स्थापना गर्ने भएको छ । शुक्रबार सम्पन्न नगर कार्यपालिकाको बैठकले घुम्ना र अमेलियामा नगरस्वास्थ्य केन्द्र स्थापना गर्न आवश्यक पर्ने प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।
त्यस्तै लमही बजारको चप्परखोला सामुदायीक भवनको भवन नजिक जग्गा खोजी गरी सार्वजनिक शौचालय निर्माण गर्ने, नर्तीस्थित सूर्यविनायक माध्यमिक विद्यालयमा सञ्चालन हुने राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगीतालाई २५ हजार सहयोग गर्ने, बजार क्षेत्रमा टाँसिएका होर्डिङ्ग वोर्डले सरसफाईमा चुनौती थपेको र त्यसको व्यवस्थापनका लागि उद्योग वाणिज्य संघसँग समन्वय गर्ने निर्णय गरेको नगरपालिकाका प्रवक्ता विमबहादुर केसीले जानकारी दिनुभयो ।
त्यस्तै शिक्षातर्फ नगर कार्यपालिकाको बैठकले महत्वपूर्ण निर्णय गरेको छ । नगरप्रमुख कुलबहादुर केसीको अध्यक्षतामा १५ सदस्यीय नगरशिक्षा समिति गठन गरेको छ । उपप्रमुख देवका वेल्वासको संयोजकत्वमा नगरपालिका स्तरिय परीक्षा निर्देशक समिति गठन गरेको छ । यसैगरी प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगीको संयोजकत्वमा ७ सदस्यीय परीक्षा समिति गठन गरिएको छ । बैठक नगरप्रमुख कुलबहादुर केसीको अध्यक्षतामा सम्पन्न भएको हो ।


Gorkha Hospital Dang