Smiley face
बहिरा बालबालिकालाई सहयोग गर्छु–पोख्रेल – ।।दाङ खबर।।
Smiley face

Home / दाङ विशेष / बहिरा बालबालिकालाई सहयोग गर्छु–पोख्रेल

बहिरा बालबालिकालाई सहयोग गर्छु–पोख्रेल

यमकला भुसाल,
दाङ, पुस २८ । नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोख्रेलले बहिरा बालबालिकाको लगनशीलताको प्रसंसा गर्नुभएको छ । राप्ती बहिरा संघ दाङले नव निर्वाचित सांसदहरुलाई आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा उहाँले लगनशीलताको प्रसंसा गर्नुभएको हो ।

उहाँले बालबालिकाका समस्यालाई मध्यनजर गर्दै जुनसुकै सहयोग गर्न पनि आफू तत्पर रहेको प्रतिबद्धता व्यक्त गर्नुभएको छ । कार्यक्रममा सांकेतिक भाषामार्फत् बहिरा बालबालिकाले छुट्टै आवासिय बहिरा माध्यमिक विद्यालयमा पढ्न पाउनुपर्ने माग गरेका थिए ।
राज्यले आफूहरुलाई निकै पछाडि पारेकाले सहज तरिकाले पढ्न पाउनुपर्ने उनीहरुको भनाई थियो । कार्यक्रममा बोल्दै संघका अध्यक्ष अजयकुमार शर्माले सांकेतिक भाषामार्फत् सहयोगका लागि आग्रह गर्नुभएको थियो ।

सो अवसरमा प्रदेशनम्वर–५ का प्रस्तावित मुख्यमन्त्री शकंर पोख्रेल, प्रतिनिधि सभा सदस्य हिराचन्द्र केसी, प्रदेश सभा सदस्यहरु उत्तरकुमार वली, अमर डाँगीलगायतलाई बहिरा बालबालिकाले छात्राबासमा फूलमाला लगाएर स्वागत तथा सम्मान गरेका थिए । कार्यक्रममा संघका कार्यकारी निर्देशक प्रतिमा शर्माले अहिलेसम्म राप्ती वहिरा संघले गरेको प्रगतिको बारेमा जानकारी गराउनुभएको थियो ।


Gorkha Hospital Dang