Smiley face
उपमेयरलाई नेविसंघको धुलो उपहार – ।।दाङ खबर।।
Smiley face

Home / मुख्य समाचार / उपमेयरलाई नेविसंघको धुलो उपहार

उपमेयरलाई नेविसंघको धुलो उपहार

काठमाडौं, पुस २८ । नेपाल विद्यार्थी संघले काठमाडौं महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गीलाई धुलो उपहार दिएको छ ।

त्यसअघि धुलो नियन्त्रणको माग गर्दै बागदरवारस्थित महानगरको मूलगेटमा एक घन्टा धर्ना दिएको थियो । नेविसंघ काठमाडौं जिल्ला समितिको आह्वानमा प्रदर्शन गरेका उनीहरुले दोहोरो कर अन्त्य गर्न पनि माग गरेका छन् ।

धर्नापछि मेयर विद्यासुन्दर शाक्यलाई धुलो बुझाउन गएका थिए । तर, उनी बाहिर भएकाले उपमेयरलाई बुझाइएको काठमाडौं अध्यक्ष मनोज बैद्यले जानकारी दिए ।

उनले भने, ‘कलंकी, चत्रपथ, चाबहिल र तीनकुनेमा पार्किङ गरेर राखेको गाडीमा जम्मा भएको धुलो जम्मा पाएर बुझाएका हौं ।’


Gorkha Hospital Dang