Smiley face
एमाले र माओवादी एकता कसैले रोक्न सक्दैनः पृथ्वी सुब्बा गुरुङ – ।।दाङ खबर।।
Smiley face

Home / राष्ट्रिय समाचार / एमाले र माओवादी एकता कसैले रोक्न सक्दैनः पृथ्वी सुब्बा गुरुङ

एमाले र माओवादी एकता कसैले रोक्न सक्दैनः पृथ्वी सुब्बा गुरुङ

पोखरा, पुस २८ । नेकपा एमालेका सचिव तथा नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघका केन्द्रीय अध्यक्ष पृथ्वी सुब्बा गुरुङले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच हुन लागेको एकता कसैले रोक्न नसक्ने ठोकुवा गरेका छन् ।

नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ जिल्ला कमिटी कास्कीको ल्होछारसहित विभिन्न जनजातिहरुको पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा वनभोज कार्यक्रमलाई सम्बोधन गर्दै नेता गुरुङले पार्टी एकताका लागि को प्रधानमन्त्री हुने वा को अध्यक्ष हुने भन्ने विषय गौण भएको बताए ।

पद वा पोजिसन भन्दा नयाँ पार्टीको बिचार, सिद्धान्त, संगठन प्रष्ट हुनुपर्ने र त्यसमा दुबै पक्षको सहमति हुन आवश्यक रहेको उनको भनाई थियो ।

प्रदेश नम्बर ४ का प्रदेश सांसद तथा मुख्यमन्त्रीका दावेदार एमाले नेता गुरुङले नेपाली कांग्रेसले संविधानको अपव्याख्या गर्दै खोंचे थापेर सरकारको आयु लम्ब्याएको आरोप लगाए । जनादेश प्राप्त पार्टीलाई सत्ता नसुम्पेर कांग्रेसले संविधान कार्यान्वयनमा समेत बाधा खडा गरेको उनको दाबी थियो ।

गुरुङले सरकारले प्रदेशको मुकाम र प्रदेश प्रमुख अविलम्व तोक्नुपर्ने बताए । उनले प्रदेश नम्बर ४ मा पर्यटनको विकास, कृषिको आधुनिकीकरण सँगसँगै पूर्वाधार निर्माण गर्न सके देशकै समृद्ध प्रदेश बनाउन सकिने बताए ।

कार्यक्रममा कास्कीबाट निर्वाचित प्रतिनिधिसभा तथा प्रदेशसभाका सांसदहरुलाई बधाईसहित सम्मान गरिएको थियो ।


Gorkha Hospital Dang