Smiley face
प्रथम मिस गोरखाको उपाधि शाहलाई – ।।दाङ खबर।।
Smiley face

Home / मुलुक / प्रथम मिस गोरखाको उपाधि शाहलाई

प्रथम मिस गोरखाको उपाधि शाहलाई

गोरखा, पुस २८। प्रथम मिस गोरखाको उपाधि इशा शाहले जितेकी छन् ।

१९ जना प्रतिष्पर्धीलाई पछि पार्दै शाहले उपाधि हात पारेकी हुन् ।

गोरखा नगरपालिका स्वाँराकी २१ वर्षीया शाहलाइ सौन्दर्य कला व्यवसायी संघकी केन्द्रीय अध्यक्ष कमला श्रेष्ठले मिस गोरखाको ताज पहिर्याइन् ।

शाहले एक लाख बरावरको पुरस्कारसँगै विभिन्न गिफ्ट ह्याम्पर जितेकी छन् । त्यस्तै एयर होस्टेज पढ्नका लागि छात्रवृत्ति पनि प्रदान गरिएको मिस गोरखाको आयोजक तथा सौन्दर्य कला व्यवसायी संघ गोरखाकी अध्यक्ष सुकु श्रेष्ठले जानकारी दिइन् ।
प्रतियोगीताको फष्ट रनर अप गोरखा नगरपालिका–६ ठूलो आगँनकी २१ वर्षीया प्रकृति श्रेष्ठ भएकी छिन् । श्रेष्ठले क्राउनको साथमा ३० हजार बराबरको पुरस्कार प्राप्त गरेकी छन् ।

प्रतियोगीताको सेकेण्ड रनर अप गोरखा नगरपालिका–६ बसपार्ककी २० वर्षीया विष्णुकुमारी घले भएकी छन् भने थर्ड रनर अपको उपाधि गोरखा नगरपालिका–६ चाइनिज धाराकी १७ वर्षीया सिर्जना मगरको पोल्टामा परेको छ ।

उनीहरुले क्रमशः २० हजार र दश हजार बरावरको पुरस्कार प्राप्त गरेका छन् ।

सौन्दर्य कला व्यवसायी संघ गोरखाको सक्रियतामा गोरखामा पहिलोपटक मिस गोरखा प्रतियोगिता भएको हो ।


Gorkha Hospital Dang