Smiley face
मुखमा ३०० वटा दाँत भएपछि… – ।।दाङ खबर।।
Smiley face

Home / जीवन शैली / मुखमा ३०० वटा दाँत भएपछि…

मुखमा ३०० वटा दाँत भएपछि…

एजेन्सी । मानिसको मुखमा ३२ वटा दाँत हुन्छन् । यो सबैलाई थाहा भएकै कुरा हो । तर, तपाईले कहिल्यै सुन्नुभएको एउटै मानिसको ३०० वटा दाँत भएको । नौ वर्षिय एक बच्चाको मुखमा ३२ होइन ३०० वटा दाँत रहेका छन् ।

सानो छँदा उनको दांत ठिकै रहेको थियो । उमेर बढ्दै जादाँ उनको दांतहरु पलाउँदै गएका थिए । बढ्दा–बढ्दै उनको मुखमा ३०० वटा दाँत भएका थिए । फिलिपिन्सको जोनक्रिस हाईपरडोसिया नामक रोगबाट पिडित रहेका छन् ।

यो अत्यन्त दुर्लभ रोग हो । विश्वमा ४ प्रतिशत मानिस यस रोगबाट पिडित छन् । यस समस्याका कारण उनलाई असह्य पिडा हुने गरेको छ । उनी राम्रोसँग समेत बोल्न सक्दैनन् । सामान्य बच्चाको जसरी उनले खाना खान सक्दैनन् । उनलाई लगातार चिकित्सकहरुको निगरानीमा राखिएको छ ।

बाल्यकालमा सबैकुरा सामान्य रहेको थियो । जोनको २० वटा दाँत रहेका थिए । त्यो संख्या बढेर ५० भएको थियो । केही समयपश्चात उनको दाँतको संख्या १५० पुगेको थियो । केही वर्षपश्चात उनको मुखमा ३०० वटा दाँत रहेको थियो । सर्जरी गरेर उनको ४० वटा दाँत निकालिएको छ । उनको बाँकी दाँत निकाल्ने क्रम पनि भइरहेको छ ।


Gorkha Hospital Dang