Smiley face
ऐश्वर्या र अभिषेकले किने करोडौंको घर, कति होला मूल्य ? – ।।दाङ खबर।।
Smiley face

Home / साहित्य/मनोरञ्जन / ऐश्वर्या र अभिषेकले किने करोडौंको घर, कति होला मूल्य ?

ऐश्वर्या र अभिषेकले किने करोडौंको घर, कति होला मूल्य ?

काठमाण्डौ, पौष २६ । आजकल जताततै विराट कोहली र अनुष्का शर्माको चर्चा छ । उनीहरुले केही पहिले ३४ करोड हालेर एक घर किनेका थिए । जसको चर्चा बलिउडमा अहिले पनि सेलाएको छैन ।

अहिले फेरी बलिउडमा अर्को एक जोडीले सानदार घर किनेको खबर बाहिर आएको छ । अहिले ऐश्वर्या राय बच्चन र अभिषेक बच्चनले एक नयाँ घर किनेका छन् । जसको चर्चा बलिउडमा सुरु भएको छ ।

यी दुइले मुम्बइको बान्द्रा स्थित कुर्ला कम्पलेक्समा एक घर किनेका हुन् । जसको मुल्य २१ करोड बताइएको छ । जुन घर ५५सय स्क्वायर फिटमा फैलिएको छ ।

ऐश्वर्या र अभिषेक अहिले अमिताभ बच्चन र जया बच्चनका साथ बस्दै आएका छन् । उनीहरु अमिताभ र जयासँग छुट्टिएर बस्न चाहन्छन् । त्यसैले पनि उनीहरुले नया घर बिनेका हुन् ।

खबर अनुसार उनीहरुको छिमेकमा अभिनेत्री सोनम कपुरको पनि घर रहेको छ । सोनमले उक्त घर ३५ करोड हालेर किनेकी हुन् । नयाँ घर नजिक अभिनेत्री सोनम कपुरको पनि घर रहेको छ । ७ हजार स्क्वायरफिटमा फैलिएको यो घर सोनमले ३५ करोडमा किनेकी हुन् ।


Gorkha Hospital Dang