Smiley face
रोल्पा जलजला सेवा समाज कतारको बैठक सम्पन्न – ।।दाङ खबर।।
Smiley face

Home / प्रवास / रोल्पा जलजला सेवा समाज कतारको बैठक सम्पन्न

रोल्पा जलजला सेवा समाज कतारको बैठक सम्पन्न

म्निषा राई
रोल्पा, मंसिर २३ । कतारमा रहेको रोल्पालीको साझा सस्था रोल्पा जलजला सेवा समाज दोहा कतारको नियमित बैठक आज दोहाको सनैया स्थित ग्रेन महलमा सम्पन्न भएको छ ।

समाजका अध्यक्ष सिव बुढाथोकीको अध्यक्षता रहेको बैठकमा विभिन्न समाजिक समसामयिक बिषय बस्तुमा छलफल गर्दै समाजमा क्रियशिल रुपमो बिगत लामो समय देखी योगदान पुर्याउनु भएको साथै इमानदार नैतिकता अनुशासित भइ सस्थालाइ दिएको अमुल्य योगदानको कदर गर्दै समाजका सल्लाहकार वलराम जैसी, गोपाल केसि, दिल नेपालीले प्रथम उपाध्यक्ष चोम बिष्टलाई कर्मभुमी कतारको बसाइबाट खादा ओढाई सम्मानका साथ बिदाई गरीएको छ । त्यस्तै सल्लाहकार तथा सस्थापक सुर्य बिकले मायाको चिनो प्रदान, अध्यक्ष शिव बुढाथोकीले समाजको तर्फबाट सम्मान पत्र समेत प्रदान गर्नूभएको छ ।
साथै बैठकमा रोल्पा जलजला सेवा समाज र बराहक्षेत्र सँरक्षण समिति बडाचौर रोल्पाको सँयोजकत्वमा साबिकको बडाचौर ७ रोल्पाका गोमे बिष्टको छोरी बन्दना बिष्टको रगतमा डव्ल्यू बिसिको कमि र उपचारको लागि आर्थिक रकम कमि भएको र जिल्ला प्रशासन कार्यालय रोल्पाले सिफारिस गरेको निवेदनलाइ प्राथमिकता दिदै आज समाजका अध्यक्ष शिव बुढाथोकी सल्लाहकार सुर्य बिक र समितिका अध्यक्ष बलराम जैसी द्वारा पीडित बन्दना बिष्टको बुवा गोमे बिष्टलाइ रु ७०७६०रुपैया हस्तान्तरण गरीएको छ ।

कार्यक्रममा समाजका कार्यसमिति पदाधिकारी सल्लाहकार अन्य रोल्पालीहरुको बाक्लो उपस्तिथि मा रहेको थियो । कार्यक्रमकोे संचालन समाजका महासचिव देवराज पुनले गर्नु भएको थियो ।


Gorkha Hospital Dang