Home / दाङ विशेष / दाङमा तीन परिवारका २६ जना किरियापुत्रीद्धारा मतदान

दाङमा तीन परिवारका २६ जना किरियापुत्रीद्धारा मतदान

नवीन अभिलाषी
दाङ, मंसिर २१ । प्रतिनिधी सभा र प्रदेशसभा अन्र्तगत दोस्रो चरणमा आज भईरहेका निर्वाचनमा दाङका २६ जना किरियापुत्रीले मतदान गरेका छन । किरीया बसेका तीन परिवारका २६ जनाले मतदान गरेका हुन् । मतदान गर्नेमा एकै घरका ११ जना किरीयापुत्री छन ।

नेकपा एमाले दाङका उपाध्यक्ष हुकुमबहादुर बस्नेत सहित ८ जनाले मतदान गर्नुभएको छ । बस्नेतको स्वं आमा ईश्वरी देवि बस्नेतको किरिया बस्दै आएका उपाध्यक्ष बस्नेत सहित उहाको परिवार ८ जनाले तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ स्थित मावि हरिपौरा मतदान केन्द्रमा मतदान गर्नुभएको छ ।

यस्तै सोही मतदान केन्द्रमा तुलसीपुर १२ का अम्मरबहादुर डाँगी सहित उहाको ७ जनाको परिवारले मतदान गर्नुभएको छ । स्वं आमा पिमा कुमारी डाँगीको किरिया बस्दै आउनु भएका अम्मर बहादुर डाँगी सहित ७ जनाको परिवारले मतदान गरेको हो ।

त्यसैगरी तुलसीपुर उपमहानगरपालीका वडा नं. ९ स्थित विकास टोलका स्वं रुपलाल नेपालीको किरीया बसिरहेका एकै घरका ११ जनाले विभिन्न मतदान केन्द्रबाट मत खसाएका हुन् । तुलसीपर उपमहानगरपालीका ५ अन्र्तगतको अरनीको मतदान केन्द्र, वडा नं. ९ को निमावि दोघरे मतदान केन्द्र र वडा ६ मा रहेको मावि सेन्टर मतदान केन्द्रबाट मतदान गरेका हुन् ।


Gorkha Hospital Dang
error: दाङ खबरका सबै सामग्री प्रतिलिपि अधिकार अन्तरग सुरक्षित गरिएकाले कृपया यस साइटका सामग्री अन्य साइटमा कपि पेष्ट गरेको पाइएमा दाङ खबरको फेसबुक पेज मार्फत् सार्वजनिक गरिने छ । दाङ खबर परिवार ।