Home / दाङ विशेष / दाङमा दिउँसो २ बजेसम्मको निर्वाचन अपडेट

दाङमा दिउँसो २ बजेसम्मको निर्वाचन अपडेट

नवीन अभिलाषी
दाङ, मंसिर २१ । दाङमा दिउँसो २ बजे सम्म ३२ प्रतिशत मात्र मत खसेको छ । जिल्ला निर्वाचन कार्यालय दाङले प्रकाशन गरेको सुचनाको आधारमा दिउँसो २ बजे सम्म एक लाख ११ हजार एक सय ४१ मत खसेको छ । जुन ३२ प्रतिशत मात्रै हुन आउछ ।

जिल्ला निर्वाचन कार्यालय दाङले आफ्नो फेसबुक पेज मार्फत जारी गरेको सुचनामा दिउसो २ बजेसम्म महिला ६२ हजार २ सय ६० र पुरुष ४८ हजार ८ सय ८१ जना गरी जम्मा १ लाख ११ हजार १ सय ४१ जनाले मतदान गरेका छन ।

तर मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले करिब ५५ प्रतिशत मत खसेको हुन सक्ने आंकलन गर्नुभएको छ । कुनै निर्वाचन केन्द्र्र्रमा ६५ प्रतिशत सम्म मत खसेको पनि उहाको भनाई रहेको छ । जिल्लामा ३ लाख ३८ हजार ९ सय ५३ मतदाता रहेका छन ।


Gorkha Hospital Dang
error: दाङ खबरका सबै सामग्री प्रतिलिपि अधिकार अन्तरग सुरक्षित गरिएकाले कृपया यस साइटका सामग्री अन्य साइटमा कपि पेष्ट गरेको पाइएमा दाङ खबरको फेसबुक पेज मार्फत् सार्वजनिक गरिने छ । दाङ खबर परिवार ।