Home / मुख्य समाचार / देशका ४५ जिल्लामा मतदान जारी, दिउँसो १ बजेम्ममा कम्तीमा ४० प्रतिशत मतदान

देशका ४५ जिल्लामा मतदान जारी, दिउँसो १ बजेम्ममा कम्तीमा ४० प्रतिशत मतदान

काठमाण्डौ, मंसिर २१ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि बिहीबार भएको मतदानमा दिउँसो १ बजेसम्ममा कम्तीमा ४० प्रतिशत मतदान भइसकेको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्रबाट प्राप्त पछिल्लो जानकारी अनुसार, अहिले सबै मतदान केन्द्रमा शान्तिपूर्ण एवं उत्साहजनकरुपमा व्यापक मतदाताको सहभागितामा मतदान कार्य जारी रहेको छ ।

सुर्खेतको वीरेन्द्र नगरपालिकाको सरस्वती मावि मतदान केन्द्रमा १०४ वर्षका ज्येष्ठ नागरिक पदमलाल थानीले मतदान गरे । गुल्मीको जिल्लाको बलेटक्सार र नवलपरासी पश्चिमको सरावल गाउँपालिका–२ त्रिमूर्ति आवासीय विद्यालय मतदान केन्द्रमा दलीय बेमेलले ढिला मतदान सुरु भयो ।

दोस्रो चरणको निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि १२८ निर्वाचन क्षेत्र र प्रदेशसभा सदस्यका लागि २५६ निर्वाचन क्षेत्रका गरी ७ हजार ७५२ मतदान स्थलका १५ हजार ३४४ मतदान केन्द्रमा मतदान कार्य भइरहेको छ । आज बेलुका ५ बजेभित्र मतदान केन्द्रहरुमा प्रवेश गरिसकेका मतदाताहरुले मतदान गर्न पाउने व्यवस्था रहेको छ ।

दोस्रो चरणको निर्वाचनमा कूल १ करोड २२ लाख ३५ हजार ९९३ मतदाताले मताधिकार प्रयोग गर्नेछन् ।


Gorkha Hospital Dang
error: दाङ खबरका सबै सामग्री प्रतिलिपि अधिकार अन्तरग सुरक्षित गरिएकाले कृपया यस साइटका सामग्री अन्य साइटमा कपि पेष्ट गरेको पाइएमा दाङ खबरको फेसबुक पेज मार्फत् सार्वजनिक गरिने छ । दाङ खबर परिवार ।