Home / मुख्य समाचार / भक्तपुरमा पनि झडप, ५० को हाराहारीमा घाइते
Birla Tyres

भक्तपुरमा पनि झडप, ५० को हाराहारीमा घाइते

काठमाडौं, मंसिर २१ । भक्तपुर क्षेत्र नम्बर २ स्थित गणेश मावि मतदान केन्द्रमा मतदान चलिरहँदा वाम गठबन्धन र कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ । झडपको क्रममा दुबै पक्षका गरी ५० को हाराहारीमा कार्यकर्ताहरु घाइते भएका छन् ।

सामान्य विवादबाट सुरु भएको तनावले झडपको रुप लिएपछि प्रहरीलाई सम्हाल्न हम्मे परिरहेको छ । झडपका कारण स्थानीय बासिन्दा समेत तनावमा छन् ।

दुई पक्षका सयौँ कार्यकर्ताहरु मतदान केन्द्रमै झडप गर्दा उनीहरुले प्रयोग गरेका ढुंगा र काठका टुक्राले स्थानीयबासिन्दाको घरका सिसा समेत फुटेका छन् । झडपका कारण केही बेर मतदान रोकिए पनि अहिले सुचारु भएको छ ।

अवस्था नियन्त्रणमा लिन थप प्रहरी समेत घटनास्थल पुगेका छन् । भक्तपुर २ मा प्रतिनिधिसभा सदस्यका लागि गठबन्धनका तर्फबाट महेश बस्नेत उम्मेदवार छन् भने कांग्रेसको तर्फबाट दमननाथ ढुंगाना छन् ।


Gorkha Hospital Dang