Home / साहित्य/मनोरञ्जन / अमिताभकी नातिनी नाव्या र साहरुखका छोरा आर्यनबीचको सम्बन्ध फेरि चर्चामा

अमिताभकी नातिनी नाव्या र साहरुखका छोरा आर्यनबीचको सम्बन्ध फेरि चर्चामा

मुम्बर्इ– बलिउडका बादशाह अमिताभ बच्चनकी नातिनी नाव्या नबेली र बलिउडका किङ खान शाहरुख खाना छोरा आर्यन खानको सम्बन्धलाई लिएर विभिन्न चर्चा हुन थालेको छ ।

अघिल्लो वर्ष ग्य्राजुएट पछिको छुट्टी मनाउन साथीहरुसँग यी दुवै थाइल्यान्ड पुगेका थिए । रमाइलो गरिरहेको तस्बिर सार्वजनिक भएपछि उनीहरु नजिकिएको चर्चा चलेको थियो ।  यसपल्ट फेरि एक पार्टीमा उनीहरु सँगै देखिएको भन्दै भारतीय मिडियाहरुले विभिन्न टिकाटीप्पणी गर्न थालेका छन् ।

उमेरले २० पुगेकी नाव्या सामाजिक सञ्जालका कारण यसैपनि अहिले चर्चाकी पात्र बनेकी छिन् । उनी आफ्ना तस्बिर इन्स्ट्राग्राममा राखिरहेकी छन् । जहाँ उनी सुन्दर र स्टाइलिस भन्दै उनको प्रशंसा भइरहेको छ ।

आर्यनसँग देखिदा नाम जोड्न थालिएको त छ तर  नाव्या उनी बाहेकका युवासँग पनि पार्टीमा देखिसकेकी छिन् ।

नाव्याको खुलापनबाट उनकी आमा श्वेता भने केही तनावग्रस्त देखिन्छन् । किनकि नाव्यालाई लिएर मान्छेहरुले राखेको बढी चासो उनलाई मन परिरहेको छैन ।

तर, हजुरबुवा अमिताभ भने नाव्याका पक्षमा छन् । उनले एक ब्लग समेत लेखेर नाव्या र आराध्या दुवैलाई खुलेर अघि बढ्न भनेका छन् । उनीहरु स्वतन्त्र जीवन जिउन सकुन् भन्ने चाहना छ ।
नाव्याको जीवनशैली हेर्दा उनी बलिउडमा चाँडै इन्ट्री गर्दैछिन् भन्ने अनुमान गरिएको छ ।


Gorkha Hospital Dang
error: दाङ खबरका सबै सामग्री प्रतिलिपि अधिकार अन्तरग सुरक्षित गरिएकाले कृपया यस साइटका सामग्री अन्य साइटमा कपि पेष्ट गरेको पाइएमा दाङ खबरको फेसबुक पेज मार्फत् सार्वजनिक गरिने छ । दाङ खबर परिवार ।