Home / मुख्य समाचार / सर्लाहीको फूलपरासीमा गोली चल्यो, मतदान स्थगित
Birla Tyres

सर्लाहीको फूलपरासीमा गोली चल्यो, मतदान स्थगित

सर्लाही, मंसिर २१ । नेपाली कांग्रेसले फर्जी मत खसालेको आरोप राष्ट्रिय जनता पार्टीका प्रतिनिधिले लगाएपछि सर्लाहीको फूलपरासीमा गोली चलेको छ ।

गौडेना गाउँपालिका–२ स्थितफूलपरासीको जनता मावि मतदान केन्द्रमा राजपा र कांग्रेस कार्यकर्ताबीच झडप हुँदा प्रहरीले चार राउन्ड गोली चलाएको हो ।

दुई दलका कार्यकर्ताबीच झडप हुँदा तनाव भएपछि मतदान स्थगित भएको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।


Gorkha Hospital Dang