Home / दाङ विशेष / मतदाता तर्साउन दाङको दुई स्थानमा बम विस्फोट, ९ जना समातिए
Birla Tyres

मतदाता तर्साउन दाङको दुई स्थानमा बम विस्फोट, ९ जना समातिए

नवीन अभिलाषी
दाङ, मंसिर २१ । दाङको दुई स्थानमा बम विस्फोट भएको छ । जिल्लाको निर्वाचन क्षेत्र नं. १ र ३ को मतदान केन्द्रलाई लक्षित गरी बम विस्फोट भएको हो । बम विस्फोटबाट कुनै क्षति नभएको प्रहरीले बताएको छ । साथै प्रहरीले बम विस्फोट गराउने कार्यमा सम्लग्न रहेको आरोपमा ९ जनालाई नियन्त्रणमा लिएको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ को दोघरे नजिकै रहेको मतदान केन्द्र नजिकै विहान ६ बजे बम विस्फोट गराईएको जिल्ला प्रहरी कार्यालयले बताएको छ । दोघरे स्कुल देखि ४ सय मिटरको दुरीमा रहेको खाली जमिनमा बम पटकाईएको हो ।

यस्तै लमही नगरपालिका वडा नं. १ को वडा कार्यालय नजिकै पनि अज्ञात समुहले बम विस्फोट गराएको छ । विहान ५ बजे तिर भएको बम विस्फोटबाट कुनै क्षति नभएको वडा प्रहरी कार्यालय लमहीले बताएको छ । बम विस्फोट गराउने कार्यमा सम्लग्न रहेको आरोपमा ९ जनालाई प्रहरीले समातेको छ । उनिहरुको बारेमा अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।

मततादाहरुलाई तर्साउन विहान बम विस्फोट गराईएको भए पनि अहिले शान्तीपुर्ण रुपमा मतदान कार्य भैरहेको प्रहरीले बताएको छ ।


Gorkha Hospital Dang