Home / प्रवास / कोरियामा यौनरोगदेखि जेल जीवन विताउँदै नेपाली युवाहरु

कोरियामा यौनरोगदेखि जेल जीवन विताउँदै नेपाली युवाहरु

काठमाण्डौ, मंसिर १७ । डडेलधुराका रमेश महरा (नाम परिवर्तन) अविवाहित हुँँन कोरिया आएको चार वर्ष भयो तर उनी छुट्टीमा एकपटक पनि नेपाल गएका छैनन्। कोरियाको बुछन सिटीको एक प्लाष्टिक कम्पनिमा काम गर्ने उनले मासिक नेपाली दुईलाख चालीस हजार सरदर कमाउँछन तर उनले कोरिया आएर धेरै पैसा यौन मस्तीमा उडाए।

महिनामा कम्तिमा दुईपटक यौनबजारमा उनको बाँस हुन्थ्यो उनी सोच्दथे रङ्गरमाइलो बिनाको के जिवन दुर्भाग्य आज उनी दश महिनादेखि यौन रोग सिफलिसको औषधी सेवन गरिरहेका छन्। दाङ घर बताउने मुरारी कोरिया आएको दुई वर्ष पुरा भयो उनी जेजु प्रान्तको जेजु सिटीको एक कृषि वर्षमा काम गर्र्र्दथे। उनको फर्ममा भियतनामी महिला चार र उनी एक्ला पूरुष थिए। काम गदै जादा एक भियतनामी महिलासँग प्रेममा परे दुर्ईहप्तामा एकपटक बिदा पार्ईने आइतबार लजमा बिताउथे यो प्रक्रिया छ। महिना चल्यो उनले यो अबधिमा एक रुपैयाँ नेपाल पठाएनन् उनी झुटो प्रेममा परे पछि उनै महिलाले आफु गर्भवती भएको बहानामा साठीलाख कोरियनवोन कुम्ल्याएर कुलेलम ठोकीन पछि बल्ल उनले ती महिला अबैधानिक भएको चाल पाए।

भैरहवाका महतब आलम बुसानको मोटर पार्र्टस कम्पनिमा काम गर्दछन्। उनको आम्दानीको अधिकाशं रकम उनी मसाज सहित यौन मामलामा खर्च गर्दछन् । उनी थप्छन, हप्ताभरीको थकान मेटाउँने यहि माध्यम उपयुक्त भएको उनको मान्यता छ। तर उनलार्ई यसबाट भविष्यमा आइपर्ने सक्ने समस्याको बारेमा सोच्ने मौका छैन्।

विदेशी ज्वाइँलाई तलब दिने सरकारी योजनाः केटी बिहे गरे मासिक ५ लाख १ ९भिडियो०
पर्र्बतका हरि खत्री ख्यङ्गदोको ह्वासाङ्ग क्षेत्रमा काम गर्दथे । कोरिया आएको छ महिनामा कम्पनिले आयोजना गरेको बिशेष रात्रीपार्टीको कोरियन सँगै उपस्थिती भय खाय अनी रमाए । रात छिप्पिदै गयो मात बढदै गयो रमार्ईलोको निम्ति भन्दै कोरियन केटीसँग हिमचिम बढाएर आपसी सहमतिमा यौनसम्बन्ध बनाए । तर तीन दिनमै ती महिलाले आफुलार्ई बलात्कार गरेको उजुरीका आधारमा पक्राउ परेर जेल पुगे।

दक्षिण कोरियाको बुसानसिटीको पानोरमा मसाज सेन्टरकी संचालीका ३१ वर्षीया कोरियन महिला जियुले आफना लगभग डेढदर्जन जती नेपाली युवक नियमित ग्राहक भएको र एकरातको दुर्ईलाख कोरियनवोन खर्च गर्र्ने गरेको बताउछिन्। साथै यसैलार्ई आधार मान्ने हो भने पनि नेपाली युवाहरुले कोरियाको यौन बजारमा न्युनतम मासिक चारसय मिलियम कोरियनवोन खर्र्च गर्ने गरेको देखिन्छ जुन अती नै खतरनाक अबस्था हो साथै यिनै समस्याका कारण युवाहरु डिप्रेशनको शिकार बन्ने र आत्महत्या सम्म गर्र्र्न पछि नपर्र्ने कारणको रुपमा लिन सकिन्छ।

दक्षिण कोरियाकोे सेक्स बजार पूर्णरुपमा बैधानिक नभएतापनि सेक्सबजारको मासिक हिसाबकिताब बिलियनमा हुने गरेको र त्यसका ग्राहक आधाभन्दा बढी विदेशी हुँने गरेको स्वंयम कोरियन बताउने गर्र्दछन । विशेष गरि कोरियामा अनुमानीत हजारभन्दा बढी मसाज सहित यौन अखडा छन् भने मुख्य यौन बजार सुवन र बियारी भन्ने ठाँउमा नेपाली युवाहरुको भिड् हुने स्वयम नेपालीहरु बताउँछन्।


Gorkha Hospital Dang
error: दाङ खबरका सबै सामग्री प्रतिलिपि अधिकार अन्तरग सुरक्षित गरिएकाले कृपया यस साइटका सामग्री अन्य साइटमा कपि पेष्ट गरेको पाइएमा दाङ खबरको फेसबुक पेज मार्फत् सार्वजनिक गरिने छ । दाङ खबर परिवार ।