Home / प्रवास / रोल्पाका दुई युवा साउदीमा पक्राउ

रोल्पाका दुई युवा साउदीमा पक्राउ

रोल्पा, मंसिर १४ । साउदी पुगेका रोल्पाका दुई युवा जेल परेको भन्दै परिवारले उद्धार गरिदिन आग्रह गरेका छन् ।

२५ दिन अघि साउदी पुगेका त्रिवेणी गाउँपालिका जुगारका मोहनसिंह विक र तिलक विक जेल परेका हुन् । रोल्पाकै घर्ती गाउँका एजेण्ट भीम ओली मार्फत काठमाडौंको स्वस्तिक ओभरसिज सर्भिस म्यानपवारबाट जिमखानाको काम भनेर गएका उनीहरुलाई सप्लाई कम्पनीमा लगाइएको थियो ।

काम गर्ने ठाउँ परिवर्तन भइरहने भएकाले अकामा कार्ड ९परिचय पत्र० नबनेका उनीहरुलाई साउदी पुगेको १२ दिन पनि नबित्दै काम गर्ने ठाउँबाट बाहिर निस्किएका बेला प्रहरीले पक्रिएको परिवारको भनाई छ ।

उनीहरुले जिमखानाको कामका लागि भनेर एजेण्टलाई जनही १ लाख १५ हजार रुपैयाँ बुझाएका थिए । परिवारले एजेण्ट र म्यानपावरलाई भनेपछि उनीहरु मार्फत दूतावासले नेपाल फर्काउन गरिरहेको बताएको छ ।


Gorkha Hospital Dang
error: दाङ खबरका सबै सामग्री प्रतिलिपि अधिकार अन्तरग सुरक्षित गरिएकाले कृपया यस साइटका सामग्री अन्य साइटमा कपि पेष्ट गरेको पाइएमा दाङ खबरको फेसबुक पेज मार्फत् सार्वजनिक गरिने छ । दाङ खबर परिवार ।