Home / अर्थ / रुकुमका उद्योगी–व्यापारी दोहोरो करको मारमा

रुकुमका उद्योगी–व्यापारी दोहोरो करको मारमा

रुकुम, मंसिर १४ । रुकुमका उद्योगी व्यापारीहरू दोहोरो करको मारमा परेका छन् । स्थानीय तहको निर्वाचनपछि रुकुमका उद्योगी व्यापारीहरू दोहोरो करको मारमा परेका हुन् । यसअघि अन्तरिक राजस्व कार्यालयमा कर दिँदै आएका उद्योगी व्यापारीले अब स्थानीय तहमा समेत चर्को कर शुल्क तिर्नुपर्ने बाध्यता रहेको रुकुम उद्योग वाणिज्य सङ्घका अध्यक्ष टेकबहादुर पुनले जानकारी दिए ।

‘स्थानीय तहले उद्योगी व्यापारीहरूसँग छलफल नै नगरी चर्को कर शुल्क तोकेको भन्दै उद्योगी व्यापारीहरूले असन्तुष्टि व्यक्त गरेका छन्,’ अध्यक्ष पुनले भने । उनका अनुसार पछिल्लो समय आन्तरिक राजस्व कार्यालयको कर, स्थानीय तहको कर गरी दोहोरो करको मारमा स्थानीय व्यापारी छन् । रुकुम पश्चिमका तीन नगरपालिका र तीन गाउँपालिकाले मनोमानी तरीकाले कर शुल्क तोकेको स्थानीय व्यापारीहरूले गुनासो गरेका छन् ।

व्यापारीका अनुसार कतिपय स्थानीय तहहरूले तोकेको कर शुल्कसमेत अस्पष्ट रहेको बताए । त्यस्तै, मुसीकोट नगरपालिकाले समेत स्पष्ट रूपमा कर शुल्क निर्धारण गरेको छैन । मुसीकोट नगरपालिकाले भने आफ्नो क्षेत्रभित्रको विकास र समृद्धिका लागि कर शुल्क निर्धारण गरिएको जानकारी दिएको छ ।

प्रविर ददेल/अभियान


Gorkha Hospital Dang
error: दाङ खबरका सबै सामग्री प्रतिलिपि अधिकार अन्तरग सुरक्षित गरिएकाले कृपया यस साइटका सामग्री अन्य साइटमा कपि पेष्ट गरेको पाइएमा दाङ खबरको फेसबुक पेज मार्फत् सार्वजनिक गरिने छ । दाङ खबर परिवार ।