Home / अन्तर्राष्ट्रिय / उत्तर कोरियाको दाबी–अमेरिकाको सबै भागमा मार हान्न सक्ने मिसाइल बनायौँ

उत्तर कोरियाको दाबी–अमेरिकाको सबै भागमा मार हान्न सक्ने मिसाइल बनायौँ

काठमाण्डौ, मंसिर १३ । उत्तर कोरियाले नयाँ प्रकारको अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइलको सफल परीक्षण जनाएको छ । उत्तर कोरियाले बुधबार अहिलेसम्मकै ठूलो क्षमताको अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल परीक्षण गरेको थियो । मिसाइल परीक्षणको पुष्टि गर्दै उत्तर कोरियाले परीक्षण गरिएको नयाँ मिसाइल अमेरिकाको पूरै क्षेत्रमा मार हान्न सक्ने क्षमताको रहेको दाबी गरेको छ ।

उत्तर कोरियाको राष्ट्रिय टेलिभिजनले परमाणु राज्य बन्ने अभियानमा सफलता मिलेको दाबी गरेको छ । उत्तर कोरियाले द हवासङ–१५ नाम गरेको अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइलको बुधबार सफल परीक्षण गरेको हो । यो मिसाइल झण्डै एक हजार किलोमिटर दूरी पार गरेर सि अफ जापानमा खसेको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले जनाएको छ । पछिल्लो मिसाइल परीक्षणले अन्तर्राष्ट्रिय स्तरमा चिन्ता थपेको छ ।

यसअघि उत्तर कोरियाले गएको सेप्टेम्बरमा ब्यालेस्टिर मिसाइल परीक्षण गरेको थियो । त्यसको केही दिनअघि उसले आफ्नो छैटौं परमाणु परीक्षण सफल रुपमा गरेको थियो । उत्तर कोरियाले बुधबार साउथ प्योङयाङको प्योङयाङबाट मिसाइल परीक्षण गरेको दक्षिण कोरियाको समाचार संस्था योनहापले जनाएको छ ।
मिसाइल झण्डै ५० मिनेट आकाशमा उडेको तर जापानको भूभागबाट भने नरहेको जापान सरकारले जनाएको छ । यसअघिका परीक्षण भने उत्तर कोरियाले जापानको माथि भएर जाने गरी मिसाइल परीक्षण गर्दै आएको थियो ।
उत्तर कोरियाको गतिविधिका कारण दक्षिण कोरिया, जापान, अमेरिकासहितका देशमा तनाव बढेको छ । अमेरिकी रक्षामन्त्री जेम्स मेटिसले उत्तर कोरियाको पछिल्लो गतिविधिले विश्वव्यापी रुपमा चिन्ता थपेको बताउनुभएको छ ।


Gorkha Hospital Dang
error: दाङ खबरका सबै सामग्री प्रतिलिपि अधिकार अन्तरग सुरक्षित गरिएकाले कृपया यस साइटका सामग्री अन्य साइटमा कपि पेष्ट गरेको पाइएमा दाङ खबरको फेसबुक पेज मार्फत् सार्वजनिक गरिने छ । दाङ खबर परिवार ।