Home / ब्लग/विचार / इराकबाट दङाली युवाले लेखे गगन थापालाई सम्बोधन गरेर मार्मिक पत्र

इराकबाट दङाली युवाले लेखे गगन थापालाई सम्बोधन गरेर मार्मिक पत्र

राजन न्यौपाने,
आदरणी गगन थापा ज्यू !
चुनाव को बेला छ, थकाई त पक्कै छ होला समय मिलाएर पढ्नुहोला । म परदेशी मरुभूमिबाट एक आम नेपाली !

गगन थापा हाम्रा दाइ, राम्रा दाइ । तर, देखेको, सुनेको, यी आफ्नै आँखा अनि कानलाई के गर्ने त खोई ? देशको अस्तित्व बचाउन लोकतन्त्रले जित्नु पर्छ । हो जस्तो लाग्यो, तर लोकतन्त्र भनेकै बुझिनँ मैले त कि म ईराकमा भएर हो ? के भारतको इसारामा चल्नु मात्र नेपालका लागि लोकतन्त्र हुन्छ ? कि सबै नेपाली हाम्रा सम्मानिय प्रधानमन्त्री ज्यु ! शेरबहादुर जस्तै भारतीयको इसारामा चल्दा लोकतन्त्र हुन्छ ? कि बिदेशी अंगीकृतलाई राष्टको प्रमुख पदहरु दिँदा लोकतन्त्र हुन्छ ? कि छिमेकीको भूत र दूतहरुको तालमा नाच्दा लोकतन्त्र हुन्छ ? कि सबै नदी नाला नै भारतलाई सुम्पिदा लोकतन्त्र हुन्छ ? राष्ट्र र राष्ट्रियतालाई तिलाञ्जली दिएर भारतको गुलाम हुने हो लोकतन्त्रमा ?

खै के हो के हो ? आँखामा फुलो परेको हो कान बुझिएको हो नेपाली कांग्रेसका राष्टभक्त ,गुरुराज घिमिरे, धनराज गुरुङ, जीवन परियार र बद्रि पाण्डे, गगन थापाहरुलाई रनभुल्लमा परे म त ।

संघर्षको सीमा र अवधी हुँदैन । राजनीतिमा थकाई भन्ने शब्दावली हुँदैन । सिद्धान्त मात्र ठूलो होइन्न सिद्धान्त भनेको जीवनका लागि हो । विकास समृद्धिका लागि हो । आजको लडाइँ बिचारको, हो हतियार को होइन, अबको राजनीति आर्थिक क्रान्तिका लागि हुनुपर्छ ,संघर्ष सामन्तवाद विरुद्ध हो । काङ्ग्रेस विरुद्ध होइन गगनको बिरोधमा होइन्न ।

कांग्रेसका गलत नीति, नेता, कार्यकर्ताहरुको गलत कामको बिरोधमा हो । फेरि पनि कांग्रेसलाई भोट किने त ? मेलम्ची खानेपानीमा भ्रष्टचार गरेर ९ महिना जेल परेको, अनि फाष्टट्रयाक इन्डियालाई दिएर करोडांै कमिसन खान खोजेको, भूकम्पपीडितको जस्तापाता समेत नछोड्ने, उद्योग कलकारखाना कमिसन खाएर व्यापारीलाई कौडीको भाउमा बेचेको, भ्रष्टचारीले पनि चुनाव लड्न पाउनु्पर्छ भनेको, सधैँ प्रजात्रन्त्र ल्याए भनेर धाक लगाउने, ६० लाख युवालाई खाडी जान बाध्य पारेको, योपाली सकिन अर्कोपाली समिधान संशोधन गर्छु प्रभु भनेर मोदीलाई बिन्ती चढाएको, चिनिया राष्ट्रपतिको नेपाल भ्रमण रोकेर भारत खुसी पार्न केपी सरकार ढालेको, चिनिया रेल रोक्ने भारतीय चाहनालाई साथ दिएर रेल बनाउने कुरामा आलटाल नीति अवलम्वन गरेको, लाउडा धमिजालगायत अनगिन्ति काण्ड मच्चाएको, नदी नाला भारतलाई बुझाई सकेको, आफै महाकाली बेचेर केपिलाई दोष लगाएको, आफ्नै पालामा नाकाबन्दी भएर पनि नाकाबन्दी भन्न नसकेको, देश बनाउने कुनै भिजन र मिसन नभएको, सरकारी सस्थांनहरुलाई कार्यकर्ता भर्ती केन्द्र बनाएर आर्थिक भार पारेर घाटामा पुर्याएको, राज्य कोस बाट करोडांै रकम आफ्ना कार्यकर्तालाई बाँडेको, सत्ता टिकाउन ६४ जनाको मन्त्रिमण्डल बनाएर देशलाई अर्बौको भार पारेको, स्वच्छ छविको भूपू प्रधान न्यायाधीसलाई महाअभियोग लगाएर स्वतन्त्र न्यायालयको काममा हस्तक्षप गरेको, आफ्नालाई आइजीपी बनाउन नवराज सिलवाललाई अन्याय गरेको, लोकप्रिय मनमोहन सरकार केपी सरकार आदि ढाल्न माहिर, प्रजात्रन्त्र दरबारमा बुझाएको,नेपाली कांग्रेसको नाममा राजनीति गरेको नेपालका प्रथम राष्ट्रपति महोदय दान सहयोग गर्दै राष्ट्रलाई अर्थिक भारका लागि, देउवालाई छैटौं पटक प्रधानमन्त्री बनाउन ? राम शरणलाइ सातौँ पटक अर्थमन्त्री बनाउन ? बिजय गच्छेदारहरुलाई पन्ध्रौं पटक मन्त्री बनाउन ? चुंडामणिहरु जन्माउन ? सुशीला कार्की जस्ता न्याय मुर्तिहरुलाई माहाअभियोग लगाउन ? गोबिन्द केसीलाई तेर्हौं चोटी अनसन बसाउन ? केका लागि ?

आफ्ना सन्तानलाई बिदेशका महंगा युनिभर्सिटी पढाउने अनि ५० लाख गरिबका छोराछोरीलाई खाडीमा बिचल्ली बनाउने. कम्युनिस्टहरुले जिते भने रुन समेत पाइदैन, देशमा अधिनायकवाद आउँछ आदि भनेर झुटो भ्रम फिजाउने नेपाली कांग्रेसलाई फेरि भोट किन त ? जनताले यो चुनावमा राम्ररी चिन्नुपर्छ । नत्र देशमा परिबर्तन कहिले पनि आउने छैन र त्यस्तो पार्टीलाई पनि राम्रो पार्टी भनेर बखान गर्ने,गुरुराज घिमिरे, धनराज गुरुङ, जीवन परियार र बद्रि पाण्डे, गगन थापाको स्वभिमान देखेर दया लाग्यो । त्यसैले अब काठमाडाँैका जनताले गगनलाई होइन डा.राजन भट्टराईलाई जिताउनु पर्छ किनकि भ्रष्ट र असक्षम पार्टीमा बसेर गगनले केहि गर्न सक्नेवाला छैनन् ।

नेपाली जनाताको कांग्रेसमा भविष्य छैन भनेर बितेको ७० वर्षमा प्रमाणित भैसक्यो र धेरै चोटी बहुमतको सरकार चलाएर असफल भएको कांग्रेसलाई अझै कति मौका दिने ? आउनुहोस गुरुराज घिमिरे, धनराज गुरुङ, जीवन परियार र बद्रि पाण्डे, गगन थापा दाइहरु अब एकचोटी राष्ट्रवादी देशलाई माया गर्ने कम्युनिष्टहरुको बहुमतको सरकार पनि हेरांै ! चित्रबहादुर केसी, गोकर्ण बिष्ट, जनाद्र्धन शर्मा, नारायणमान बिजुक्छे, लालबाबु पन्डित, हजुरको कलेज त्रिचन्दमासँगै राजनीति गरेका बागलुङका अहिलेका क्षेत्रनम्वर एकमा बामपंथी तर्फबाटका डाक्टर सूर्य पाठक अनि राष्ट्रवादी नेता केपि ओलीजस्ता नेताहरु अझै बाँकी छन् । कुनै एक पार्टीको या एमालेको पूर्ण बहुमत आउन दिनु अनि ५ वर्ष हेरौं ! यदि देश विकास भएन भने विकल्प खोजौं के यो २७ वर्षसम्म एमालेले पूर्ण बहुमत सरकार चलाएको छ त ?

एक पटक एमालेलाई हेरांै केहि गरेनन् भने हामी सबै मिलेर नयाँ बिकल्प खोजौंला र राजनीतिक परिवर्तन होइन आर्थिक परिवर्तनलाई अबको बाटो बनाउने पार्टीलाई भोट गरांै । पक्कै परिवर्तन आउँछ र चुनाव हारिने डरले गठबन्धन गरेको हो कि देश विकास गर्न गठबन्धन गरेको हो बल्ल प्रमाणित हुनेछ ।

दाङ हापुर, हाल इराक


Gorkha Hospital Dang
error: दाङ खबरका सबै सामग्री प्रतिलिपि अधिकार अन्तरग सुरक्षित गरिएकाले कृपया यस साइटका सामग्री अन्य साइटमा कपि पेष्ट गरेको पाइएमा दाङ खबरको फेसबुक पेज मार्फत् सार्वजनिक गरिने छ । दाङ खबर परिवार ।