Home / दाङ विशेष / बंगलाचुलीमा चुनावी घरदैलो : शंकर पोख्रेलसंग हात मिलाउनेहरु
rapti Bheri Bikash Bank

Rahul Traders Dang
SAMSUNG CAMERA PICTURES

बंगलाचुलीमा चुनावी घरदैलो : शंकर पोख्रेलसंग हात मिलाउनेहरु

नवीन अभिलाषी
दाङ, कार्तिक २८ । विकासले पछाडी परेको दाङको बंगलाचुली गाउँपालिकाको स्युजा क्षेत्रमा शंकर पोख्रेल पुगेपछि स्थानिय अगुवाहरु उत्साहित देखिए । शंकर पोख्रेलको हसिलो व्यवहारले आत्मिय महसुस गरेका स्युजाबासीहरुले चुनाव अगाडी मात्रै नभई निर्वाचन पछाडी पनि आउन आग्रह गरे ।

स्युजाको उजामा बस्ने ५० बर्षिय राजबहादुर विष्ट बैचारिक हिसावले स्पष्ट रुपमा नदेखिएमा मानिस थिए । तर जव जव निर्वाचन आउछ त्यसबेला उनि बलियो गरी बामपन्थी विचारधाराको खेमामा पर्छन् । मंगलबार शंकर पोख्रेल संग हात मिलाउदै उनले भने – ‘हामी एकलौटी भोट दिन्छौँ’ कम्युनिष्ट पार्टीहरु विचको तिक्तता अहिले नभएका कारण राजबहादुर विष्ठ जस्तै विकट गाउँका अगुवाहरु खुशी छन् ।

स्युजा काउलेपानीकै मानबहादुर मगर यसअगाडीका निर्वाचनमा माओबादीलाई भोट हालेका कम्युनिष्ट कार्यकर्ता थिए । तर २०७० सालको निर्वाचनमा काँग्रेसले जिते पनि जितेको मान्छे फर्केर गाउँमा आएन । तर यो पटक गाउँमा माओबादी र एमालेका नेताहरु संगसंगै मिलेर भोट माग्दै हिडेको मगरलाई खुशी लागेको छ । ‘यसपटक त भन्नै पर्दैन । यो सिंगो गाउँ एकलौटी भोट दिन्छौँ ।’ मगरले भने, –‘तर हामीलाइ बाटो चाहिएको छ । अरु हामीले केहि भन्दैनौँ ।’ बोजपोखरा सम्म गाडी जान्छ । त्यसपछि पौने घण्टा हिडेर जान सकिने गाउँ छ । त्यहा मोटरबाटो छैन ।

काउलेपानीकै १९ बर्षिय जीवन रोका मगरले शंकर पोख्रेल संग आक्रोशित भएर प्रश्न गरे ‘पढ्ने उमेरमा हामीलाई कमाउन ईण्डिया जानु पर्छ । खै तपाईको विकास ?’ शंकर पोख्रेलले आफु मुख्यमन्त्रीको रुपमा विजयी भए अबको पाँच वर्ष भित्र बाध्यताले विदेश जाने अबस्था नहुने र घरगाउँमै रोजगारी पाउने व्यवस्था मिलाउने योजनाहरु बताए पछि जीवन खुशीले शंकर पोख्रेल संग हात मिलाउदै फोटो खिचाए । र भने, ‘यसपटकको भोट कृष्णबहादुर महरा र शंकर पोख्रेललाई दिने गाउँको सल्लाह भैसकेको छ ।’

विकट गाउँका जनताहरु उम्मेदवार संग हात मिलाउन चाहन्छन् । आफ्ना समस्याहरु सुनाउन चाहन्छन् । बोल्न चाहन्छन् । नेता प्रतिको आक्रोस पोख्न चाहन्छन् । तर जनता उत्साहित पनि छन् । नेकपा एमाले र माओबादी विच भएको बाग गठबन्धन पनि दुई पार्टीका नेताहरु संगसंगै हासीहासी भोट माग्न गएकोमा स्थानिय मतदाताहरु खुशी देखिन्छन् । त्यस्तै नेकपा एमालेका स्थायी कमिटि सदस्य शंकर पोख्रेल र कृष्णबहादुर महरा जस्ता नेताहरु गाउँ पसेपछि स्थानियहरु खुशी देखिने गरेका छन ।

मतदाताहरु घरघरबाट फूलका माला र अविर बोकर आउने गरेका छन भने हार्दिकताको साथ हात मिलाएर खुशी साटासाट समेत गर्ने गरेका छन ।

Gorkha Hospital Dang
error: दाङ खबरका सबै सामग्री प्रतिलिपि अधिकार अन्तरग सुरक्षित गरिएकाले कृपया यस साइटका सामग्री अन्य साइटमा कपि पेष्ट गरेको पाइएमा दाङ खबरको फेसबुक पेज मार्फत् सार्वजनिक गरिने छ । दाङ खबर परिवार ।