Home / दाङ विशेष / समस्या बुझ्न स्युजा पुगे शंकर, पौने घण्टा हिडेर पोख्रेलले भनेँ– ‘विकास त छिरेकै रैनछ’
rapti Bheri Bikash Bank

Rahul Traders Dang
SAMSUNG CAMERA PICTURES

समस्या बुझ्न स्युजा पुगे शंकर, पौने घण्टा हिडेर पोख्रेलले भनेँ– ‘विकास त छिरेकै रैनछ’

नवीन अभिलाषी
दाङ, कार्तिक २८ । दाङको बंगलाचुली गाउँपालिकाको स्यूजामा पहिलो पटक पुगेका नेकपा एमालेका नेता शंकर पोख्रेल अचम्म परे । चुनावी प्रचारका लागि स्युजाका विभिन्न स्थानमा मंगलबार पुगेका प्रदेश सभा १ का उम्मेदवार समेत रहेका पोख्रेलले स्युजाको जनजीवन र विकासको गति देखेर उनि चिन्तीत बने ।

भावी मुख्यमन्त्रीको प्रस्तावित नेता पोख्रेलले स्युजामा विकास अहिले सम्म छिर्न नसकेको बताए । स्थानियहरु संग छलफल गर्दै उनले स्युजाको विकास, जीवन शैलीको परिवर्तन कसरी गर्न सकिन्छ भन्ने विषयमा योजना समेत माग्नुभयो । ‘म पहिलो पटक आउने अबसर प्राप्त गरेँ । यो निर्वाचनले माहोल निर्माण गर्यो ।’ स्युजाको बोजपोखरामा रहेका स्थानियहरु संग कुरा गर्दै नेता पोख्रेलले भने, –‘म पहिलो पटक आएँ, अब विकास पनि आउछ । अहिले सम्म यहा विकासै छिरेको रैनछ ।’

बंगलाचुली गाउँपालिकाको वडा नम्बर १ स्युजा स्थित उजा, पिपलधारा, बोजपोखरा, काउलेपानी, वडा नम्बर २ को परुङछेडा र मर्पेस लगाएत पहाडी गाउँका स्थानियहरुको घरदैलोमा पुगेर आफु भोट माग्न भन्दा पनि योजनाहरु बुझ्न आएको बताए । ‘निर्वाचन त हिजो पनि भए, हिजो सविधान निर्माणको मुद्धा प्रमुख थियो, विकासमा ध्यान दिन सकिएको थिएन ।’ स्युजा पिपलधाराका स्थानियहरुसंग छलफल गर्दै पोख्रेलले भने, ‘अब अधिकारको राजनिती सकियो, अब विकासको राजनिती गर्ने समय आएको छ ।’

स्युजामा हुँदै आएको परम्परागत खेती प्रणालीलाई परिवर्तन गरेर व्यवसायीक रुपमा सञ्चालन गर्नका लागि आफुले कार्यक्रम ल्याउने बताए । स्युजामा अमिलो जातको फलफूलहरु जस्तै कागती, ज्यामिर लगाएतका फलफूलहरुको व्यवसायी खेती गर्ने कार्यक्रम ल्याउनका लागि शंकर पोख्रेलले बंगलाचुली गाउँपालिकाका अध्यक्ष भक्तबहादुर डाँगीलाई सल्लाह दिए । यसको साथै बेसार र अदुवा जस्ता नगदेबालीको समेत व्यवसायीक रुपमा खेती गर्न सकिने, पशुपालन, कुखुरा पालनबाट पनि युवाहरुलाई स्वरोजगार बनाउन सकिने बारेमा योजना निर्माण गर्न उनले स्थानियहरुलाई सल्लाह दिए ।

स्युजाको बोजपोखराबाट पौने घण्टा हिडेर काउलेपानी पुग्नु भएका नेता पोख्रेलले अबको दुई वर्ष भित्रमा बाटोको समस्या समाधान गरिने प्रतिबद्धता ब्यक्त गरे । अहिले सम्म मोटरबाटो पुग्न नसकेको काउलोपानीका स्थानियहरुले गाउँमा बाटो निर्माण हुन नसकेको, खानेपानीको सहज आपुर्ति नभएको, विजुली बत्तीको व्यवस्था अहिले सम्म हुन नसकेको जस्ता विकासका आधारभुत पुर्वाधारहरुको माग गरेका थिए । स्थानियहरुको समस्यालाई सम्बोधन गर्दै नेता पोख्रेलले भावी मुख्यमन्त्रीको रुपमा आफुलाई दुई वटै पार्टीले प्रस्ताब गरेको भन्दै आफुलाई मत दिएर जिताए अबको पाँच वर्ष भित्र सम्पुर्ण समस्याहरुलाई समाधान गर्ने बताए । ‘म आफै अचम्मित छु, यहा अहिले सम्म मोटरबाटो समेत बनेको छैन, म आफै हिडेर आउनु प¥यो’ नेता पोख्रेलले भने, –‘अर्को पटक भोट माग्न आउदा सम्पुर्ण समस्या समाधान भैसकेको हुनेछ ।’

बंगलाचुली गाउँपालिकाको वडा नम्बर २ पुरुङछेडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता पोख्रेलले विकासका लागि आफुलाई सहयोग गर्न आग्रह गरे । ‘स्युजाको समग्र विकासका लागि मैले योजना बनाई सकेँ, त्यो योजनालाई मुर्त रुप दिनका लागि तपाईले मलाई सहयोग गर्नुस् ।’ पोख्रेलले भने, ‘प्रदेशको मुख्यमन्त्रीको रुपमा आफुले जिते पहिलो बजेट स्युजाको विकासका लागि खर्च गर्नेछु ।’ बंगलाचुली गाउँपालिका वडा नम्बर २ मर्पेसमा आयोजना गरीएको कार्यक्रमलाई मंगलबार बेलुकी सम्बोधन गर्दै नेता पोख्रेलले बद्धबद्धाहरुलाई भत्ता, सुत्केरी महिलाहरुलाई पोषण भत्ताको रुपमा ५ हजार बनाउने योजनाले कम्पयुनिष्ट पार्टीले सबैलाई माया र सम्मान गर्ने कुरा प्रमाणित हुने बताए ।

चुनावी प्रचारका लागि स्युजाका विभिन्न गाउँमा पुगेका शंकर पोख्रेललाई स्थानियहरुले भब्य स्वागत तथा सम्मान गरेका छन । हिजोका दिनहरुमा आफुलाई विभिन्न बहानामा अल्झिएको भन्दै एक मुष्ट भोट बामगठबन्धनका उम्मेदवारहरुलाई दिने काउलेपानीका जीवन रोका मगरले बताए । ‘हामीले एक लौटी भोट दिन्छौँ तर विकास दिनु पर्छ ।’ यस्तै स्युजाको उजा निबासी स्थानिय अगुवा राजबहादुर विष्टले हिजो आफुलाई धेरै दलहरुले झुक्याएको भन्दै अहिले एमाले र माओबादी मिलेर आएपछि सम्पुर्ण गाउँलेहरु मिलेर भोट हाल्ने बताए ।

Gorkha Hospital Dang
error: दाङ खबरका सबै सामग्री प्रतिलिपि अधिकार अन्तरग सुरक्षित गरिएकाले कृपया यस साइटका सामग्री अन्य साइटमा कपि पेष्ट गरेको पाइएमा दाङ खबरको फेसबुक पेज मार्फत् सार्वजनिक गरिने छ । दाङ खबर परिवार ।