Home / दाङ विशेष / तुलसीपुरका व्यवसायीहरु विशाल सभा गर्ने
rapti Bheri Bikash Bank

Rahul Traders Dang

तुलसीपुरका व्यवसायीहरु विशाल सभा गर्ने

तुलसीपुर, कार्तिक २८ । तुलसीपुरमा व्यापारीहरुले वाम गठवन्धनको विशाल चुनावी सभा गर्ने भएका छन् । नेकपा एमाले निकट राष्ट्रिय वाणिज्य संघ र माओवादी केन्द्र निकट राष्ट्रिय उद्योग व्यापार संगठनको आयोजनामा तुलसीपुरमा विशाल सभा हुने संयोजक खगेन्द्र पोख्रेलले वताउनु भयो ।

माओवादी केन्द्रका नेता एवं नेपाल सरकारका उपप्रधानमन्न्त्री कृष्णवहादुर महरा र नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोख्रेलले सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको सह संयोजक यज्ञवहादुर केसीले जानकारी दिनुभयो । तुलसीपुरको वीपी चोकमा भोलि विहान ११ वजे हुने कार्यक्रममा उपस्थितिका लागि सवैलाई आग्रह गरिएको छ ।

Gorkha Hospital Dang
error: दाङ खबरका सबै सामग्री प्रतिलिपि अधिकार अन्तरग सुरक्षित गरिएकाले कृपया यस साइटका सामग्री अन्य साइटमा कपि पेष्ट गरेको पाइएमा दाङ खबरको फेसबुक पेज मार्फत् सार्वजनिक गरिने छ । दाङ खबर परिवार ।