Home / दाङ विशेष / दाङमा थारु कलाकारहरुको बृहत सांस्कृतिक कार्यक्रम हुने
rapti Bheri Bikash Bank

Rahul Traders Dang

दाङमा थारु कलाकारहरुको बृहत सांस्कृतिक कार्यक्रम हुने

दाङ, कार्तिक २८ । दाङका थारु कलाकर्मीहरुले यहि आउँदो मंसिर २ गते घोराही उपमहानगरपालिका–१४ झिङौरामा बृहत सांस्कृतिक कार्यक्रम गर्ने भएका छन् । गायक शालिकराम चौधरीको अध्यक्षतामा बसेको थारु कलाकर्मीहरुको बैठकले सो कार्यक्रम गर्ने निर्णय गरेको हो ।
थारु कलाकार संघ दाङको आयोजनामा हुने कार्यक्रममा दाङका सम्पूर्ण कलाकर्मीहरुको सहभागिता तथा बेजोड प्रस्तुति रहने बताइएको छ । साथै थारुभाषा, कला, संस्कृति संरक्षणका लागि मौलिक गीत, नाच प्रस्तुती रहने आयोजकले बताएको छ । बैठकपछि गायक रोशन रत्गैयाँले उक्त कार्यक्रमका लागि तीब्र तयारी भइरहेको जानकारी दिनुभयो । त्यस्तै सो कार्यक्रमका लागि आर्थिक संकलन गर्न सबै थारु कलाकर्मीहरु आफ्नो तर्फबाट लागिरहेको उहाँले जानकारी दिनुभयो । हराउँदै गएको थारुभाषा, कला, संस्कृति संरक्षणका लागि थारु कलाकार संघ दाङले सांस्कृतिक कार्यक्रम गर्न लागेको जनाएको छ ।

थारु जातिमा विभिन्न किसिमका गीत, नाच, भेषभुषा भए तापनि संरक्षणको अभावमा लोप हँुदै गएको भन्दै कार्यक्रम संयोजक लक्ष्मिमान चौधरीले थारु संस्कृतिको संरक्षणका लागि अभियान सुरु गरेको जानकारी दिनुभयो । बैठकमा थारु पत्रकार संघ दाङका सचिव नविन चौधरी, थारु विद्यार्थी समाज दाङका अध्यक्ष मानविर चौधरी, प्रकाशप्रिय कुसुम्या, नविन दहित, नायिका अञ्जु चौधरी, भिमकान्त चौधरीलगायतले बोल्नुभएको थियो । त्यस्तै सो कार्यक्रमको मिडिया पार्टनर लौव अग्रासन साप्ताहिक पत्रिका रहेको छ, भने सह–आयोजकको रुपमा थारु पत्रकार संघ दाङ र थारु विद्यार्थी समाज रहेका छन् ।

Gorkha Hospital Dang
error: दाङ खबरका सबै सामग्री प्रतिलिपि अधिकार अन्तरग सुरक्षित गरिएकाले कृपया यस साइटका सामग्री अन्य साइटमा कपि पेष्ट गरेको पाइएमा दाङ खबरको फेसबुक पेज मार्फत् सार्वजनिक गरिने छ । दाङ खबर परिवार ।