Smiley face
वाम गठबन्धनका तीन उम्मेदवार सवार गाडीमाथि बम प्रहार – ।।दाङ खबर।।
Smiley face

Home / राष्ट्रिय समाचार / वाम गठबन्धनका तीन उम्मेदवार सवार गाडीमाथि बम प्रहार

वाम गठबन्धनका तीन उम्मेदवार सवार गाडीमाथि बम प्रहार

संखुवासभा, कार्तिक २८- प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन प्रचारप्रसारका क्रममा आज बिहान सभापोखरी गाउँपालिकामा वाम गठबन्धनका उम्मेदवार सवार गाडीमाथि हातेबम प्रहार भएको छ।

जिल्लामा प्रतिनिधिसभाका लागि वाम गठबन्धनका तर्फबाट नेकपा एमालेका उम्मेदवार राजेन्द्रप्रसाद गौतम, प्रदेश नं १ (क) का लागि नेकपा माओवादी केन्द्रका उम्मेदवार पूर्णप्रसाद राई र माओवादी केन्द्रकै समानुपातिकतर्फका उम्मेदवार चेतनाथ शर्मा सवार गाडीमा बम प्रहार भएको हो।

एमालेका उम्मेदवार गौतमका अनुसार निर्वाचन प्रचारप्रसारका क्रममा स्थानीय धुपुबाट बाह्रबीसे बजार जाने क्रममा बम प्रहार भएको हो। सो बम प्रहारबाट मानवीय क्षति भएको छैन। अहिले सदरमुकाम खाँदबारीमा सुरक्षा समितिको बैठक बसिरहेको छ। अहिलेसम्म सो घटनाको कसैले पनि जिम्मा लिएको छैन।

बम प्रहार भएको स्थान सदरमुकाम खाँदबारीबाट पश्चिम ४ घन्टाको पैदल दुरीमा पर्छ। आजै बिहान भोजपुरका एमाले उम्मेदवार शेरधन राईलाई लक्षित गरी बम प्रहार भएको थियो। एक निर्वाचन क्षेत्र रहेको जिल्लामा पहिलो चरणअन्तर्गत आगामी मंसिर १० गते निर्वाचन हुनेछ।


Gorkha Hospital Dang