Home / मुख्य समाचार / निर्वाचन आयोगमा आचारसंहिता उल्लङ्घनका उजुरीको चाङ
rapti Bheri Bikash Bank

Rahul Traders Dang

निर्वाचन आयोगमा आचारसंहिता उल्लङ्घनका उजुरीको चाङ

काठमाडौं, कात्तिक २८ । निर्वाचन आयोगमा आचारसंहिता उल्लङ्घनका उजुरीको चाङ लागेको छ । प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको मिति नजिकदै गर्दा मतदातालाई आआफ्नो पक्षमा पार्न आचारसंहिता विपतिका कार्य गरेको भन्दै उम्मेदवार र दलविरुद्ध आयोगमा उजुरी दर्ता भएको हो ।

निर्वाचन आयोगमा झण्डै २ हजारको सङख्यामा आचारसंहिता उल्लङ्घनको उजुरी दर्ता भएको प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । उहाँले आयोगले ती उजुरीका विषयमा कारवाही प्रक्रिया अगाडी पठाएको बताउनुभयो ।

सबैभन्दा धेरै उम्मेदवारले गरेको खर्च, यातायातका साधान, पोष्टर टासेको, गर्न नहुने ठाउँमा कार्यक्रम गरेको जस्ता विषयमा परको छ । परेका उजुरीका पहिलो चरणको कारवाही प्रक्रिया अघि बढेको आयोगले जनाएको छ ।

निर्वाचन आयोगले निर्वाचनमा क्रममा हुने मानवअधिकार उल्लंघनका घटनाका विषयमा आज मानवअधिकार आयोगका पदाधिकारीसँग छलफल गर्दैछ । आयोगले गरिरहेको अनुगमनका आधारमा छलफल हुनेछ ।

Gorkha Hospital Dang
error: दाङ खबरका सबै सामग्री प्रतिलिपि अधिकार अन्तरग सुरक्षित गरिएकाले कृपया यस साइटका सामग्री अन्य साइटमा कपि पेष्ट गरेको पाइएमा दाङ खबरको फेसबुक पेज मार्फत् सार्वजनिक गरिने छ । दाङ खबर परिवार ।