Home / जीवन शैली / अस्पतालमा दुई दिनमा दुई शिशु साटिएको भन्दै खैलाबैला
rapti Bheri Bikash Bank

Rahul Traders Dang

अस्पतालमा दुई दिनमा दुई शिशु साटिएको भन्दै खैलाबैला

२५ कात्तिकमा सर्लाहीको बलरा नगरपालिका ११ का राममनोजप्रसदा कुशलवाहाले नारायणी उपक्षेत्रीय असप्ताल शिशु जन्माईन । नर्सले छोरा जन्मिउको खबर सुनाए राममनाजले मिठाई किनेर आफन्त र नर्सहरुलाई बाँडे ।

तर, मिठाई बाँकेको केही क्षण बित्न नपाउँदै नर्सले जन्मिएको शिशु छोरा नभई छोरी भएको जानकारी दिएपछि उनको खुसी पलभरमै गायब भयो ।
पत्नी र शिशुलाई प्रसुती वार्डबाट निकालेर बेडमा ल्याएपछि नर्सले छोरी जन्मिएको बताए ।

मेरो त होसहवास नै उड्यो, उनले भने, बच्चा साटियो भन्ने मेरो कुरा कसेले पनि सुनेन् । अघिल्लो दिन शिशु साटिएको चर्चा सेलाउन नपाउँदै २६ कात्तिकमा सोही अस्पतालमा वीरगन्ज १ बजार छपकैया निवासी अनिल पासवानकी पत्नी उषादेवी बराको जितपुरस्थित माईतीघरबाट नारायणी अस्पतालमा पुर्याउने क्रममा घण्टाघर चोकबाट ई रिक्सामै शिशुलाई जन्म दिईन ।

उषाकी आमा जयगनिया देवीले पनि छोरा जन्मिए पनि नर्सले छोरी जन्मेको भनेपछि हंगामा मच्याईन् ।
यो स्पतालमा दुई दिनमा दुई शिशु साटिएको भन्दै आफन्तले खैलाबैला मच्चयाए । , यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।

Gorkha Hospital Dang
error: दाङ खबरका सबै सामग्री प्रतिलिपि अधिकार अन्तरग सुरक्षित गरिएकाले कृपया यस साइटका सामग्री अन्य साइटमा कपि पेष्ट गरेको पाइएमा दाङ खबरको फेसबुक पेज मार्फत् सार्वजनिक गरिने छ । दाङ खबर परिवार ।