Home / जीवन शैली / मिति २०७४ साल कार्तिक २८ गतेको राशिफल
rapti Bheri Bikash Bank

Rahul Traders Dang

मिति २०७४ साल कार्तिक २८ गतेको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आफ्नो क्षेत्रमा बर्चस्व बढाउन सकिनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । सामाजिक कामको दायित्व बढ्नेछ । साथीभाईसंग रमाइलोमा समय बित्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) कामका लागि गरिएको भ्रमणमा समय मात्र बित्नेछ । आर्थिक स्थरमा सुधार आउनेछ । सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । मेहनत गरे धेरै काममा सफलता मिल्नेछ । शत्रुहरू किनारा लाग्नेछन । प्रतिस्पर्धामा पनि विजयी भइनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) व्यापार ब्यबसायमा प्रशस्त फाइदा हुनेछ । काममा परिवारको सहयोगले बढी फाइदा प्राप्त हुनेछ । प्रतिष्ठित काम गर्ने मौका छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) पढाइ लेखाइमा प्रगति हुनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । प्रतिष्ठित काम गर्ने मौका छ । सन्तानले प्रसन्नता दिलाउनेछन ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) व्यापार ब्यबसायबाट राम्रै फाइदा हुनेछ । तपाईंको ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन । साथीभाईसंग रमाइलोमा समय बित्नेछ

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) भाग्यले नसोचेको फाइदा दिलाउन सक्छ । चुनौतीहरू बिस्तारै हटेर जानेछन भने आम्दानी धेरै हुने योग छ । टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) दिन मनोरञ्जनपूर्ण रहनेछ । व्यावसायिक यात्रा सम्भावना छ । आम्दानी प्रशस्तै बढ्नेछ । आतिथ्यपूर्ण सम्मान पाइनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आफ्ना योजना गोप्य राखेर अघि बढनुहोला । चुनौतीक बाबजुद काममा सफलता मिल्नेछ । दिन उत्साहपूर्ण रहनेछ । सुखद समाचार सुन्न पाइनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) धेरैले तपाईंका कामको तारिफ गर्नेछन । कामले अरूको मन लोभ्याउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । सहयोगीहरू जुटिदिनाले सोचेका कामहरू पनि सजिलै बन्नेछन ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) प्रेमको बन्धन कसिने बेला छ । पारिवारिक जीवन सुखद, समृद्ध बन्नेछ । सवारी साधन उपयोग गर्दा अलि सावधानी अपनाउनुपर्ने समय छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । व्यापारमा भने कम मात्र फाइदा हुनेछ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ ।

Gorkha Hospital Dang
error: दाङ खबरका सबै सामग्री प्रतिलिपि अधिकार अन्तरग सुरक्षित गरिएकाले कृपया यस साइटका सामग्री अन्य साइटमा कपि पेष्ट गरेको पाइएमा दाङ खबरको फेसबुक पेज मार्फत् सार्वजनिक गरिने छ । दाङ खबर परिवार ।