Home / अर्थ / एकल महिला व्यावसायिक बन्दै
rapti Bheri Bikash Bank

Rahul Traders Dang

एकल महिला व्यावसायिक बन्दै

दाङ, कार्तिक  २७ ।रुकुमका एकल महिलाहरू व्यावसायिक बन्न थालेका छन् । १० वर्षे सशस्त्र द्वन्द्वमा श्रीमान् गुमाएका अधिकांश एकल महिलाहरू उद्योग व्यवसायतिर आकर्षित भएका हुन् । जीविकोपार्जन तथा बालबालिकाको शिक्षा र स्वास्थ्यका लागि महिलाहरू व्यवसायी बन्न थालेको एकल महिला जिल्ला सञ्जाल रुकुमकी अध्यक्ष विष्णु देवकोटाले जानकारी दिइन् ।

श्रीमान् गुमाएकी मुसीकोट नगरपालिका–७ की दुर्गा गिरीले सिलाइकटाइ व्यवसाय गरेकी छिन् । उनले वार्षिक २ लाख २० हजारसम्म आम्दानी गर्ने गरेको जानकारी दिइन् । उनीजस्तै  मुसिकोट–५, सोलावाङकी सीता विकले पनि मुसीकोटमा सिलाइकटाइ व्यवसाय सञ्चालन गरेकी छन् । उनले मासिक १० हजार रुपैयाँ कमाउने गरेको बताइन् । उनले भनिन्, ‘शीप पाएपछि आफूमा व्यवसाय गर्ने आँट आएको छ ।’

जिल्लाका द्वन्द्वपीडित एकल महिलाहरूलाई विभिन्न सङ्घसंस्थाहरूले शीप विकास तालीम प्रदान गरेपछि उनीहरू शीप सिकेर व्यवसायी बनेको अध्यक्ष ज्ञानु बिसीले जानकारी दिइन् । उनका अनुसार पछिल्लो समय रुकुममा झण्डै ८० जनाभन्दा बढी एकल महिलाहरूले व्यापारिक केन्द्रहरूमा ब्युटिपार्लर, सिलाइकटाइ, होटल व्यवसाय, बाख्रापालन तथा मैनबत्ती लघुउद्योगसमेत सञ्चालन गरेका छन् । कतिपय एकल महिलाहरूले भने लगानी अभावमा व्यवसाय सञ्चालन गर्न सकेका छैनन् ।

रुकुममा झण्डै २ सयभन्दा बढी एक महिला रहेको एकल महिला जिल्ला सञ्जाल रुकुमको तथ्याङ्क छ । परम्परागत रूपमा चुलोचौकामा मात्र सीमित एकल महिलाहरू जीविकोपार्जनका लागि उद्योग व्यवसायमा लागेका छन् । रुकुममा जिल्ला समन्वय समिति (जिसस) साविकका गाविस र एक दर्जन बढी सरकारी तथा गैरसरकारी सङ्घसंस्थाहरूले एकल महिलाहरूलाई व्यवसायमूलक तालीम सञ्चालन गर्दै आएका छन् ।

अभियानबाट

Gorkha Hospital Dang
error: दाङ खबरका सबै सामग्री प्रतिलिपि अधिकार अन्तरग सुरक्षित गरिएकाले कृपया यस साइटका सामग्री अन्य साइटमा कपि पेष्ट गरेको पाइएमा दाङ खबरको फेसबुक पेज मार्फत् सार्वजनिक गरिने छ । दाङ खबर परिवार ।