Home / अर्थ / महायज्ञमा ४४ लाख दान संकलन
rapti Bheri Bikash Bank

Rahul Traders Dang

महायज्ञमा ४४ लाख दान संकलन

सविता सुनार,
घोराही, कार्तिक २६ । नारायपुरमा रहेको बालकल्याण आधारभूत बिद्यालय खैराको शैक्षिक स्तरोन्नतिका लागि सञ्चालन गरिएको महायज्ञमा तुला दान, जग्गा, नगद, जीन्सी, भवन निमार्ण गरि ६ दिन मा ४४ लाख बराबरका दान संकलन भएको छ ।

घोराही उपमहानगरपालिका ११ खैरा स्थित बालकल्याण आधारभूत बिद्यालयको शैक्षिक स्तरोन्नतिका लागि श्रीमद् भागवत ज्ञान महायज्ञ आयोजना गरिएको मूल समितिका प्रचार प्रसार संयोजक लक्ष्मण सागरले जानकारी दिनुभएको छ ।

महायज्ञको पाँचौ दिन हिजो घोराही १० नारायपुरका प्रकाश केसीले १५ लाख बराबरको र , नारायणपुर चरवगियापुरका पुष्पा न्यौपानेले ६ लाख बराबरको जग्गा दान गर्नु भएको छ । त्यस्तै डा . गोपाल सागर डिसी र संगम मल्ल डिसीले १ लाख २५ हजार नगत दान गर्नु भएको हो । नारायणपुरकै हरीबंश दाहाल र शसस्त्र प्रशरी बल सल्यानका डि एस पी चित्राङगत दाहाल एवम दाहाल परिवारले १ लाख ५१ हजार नगत दान गर्नु भएको मूल समितिका प्रचार प्रसार संयोजक लक्ष्मण सागरले जानकारी दिनुभएको छ ।

नेपाली काग्रेश ३ नं का अध्यक्ष भुपबहादुर डाँगीले अहिलेको हकमा ५ हजार सहयोग दिएको भन्दै आगामी दिनहरुमा आफु र आफ्नो पार्टिगत रुपमा विद्यालयलाई पुर्ण सहयोग गरिने प्रतिबद्धता जनाउनु भएको छ । बिशिष्ठ अतिथी संसद राजु खनालले खैराको धार्मिक, शैक्षिक उन्नती , प्रगतिको लागी आफ्नो पूर्ण प्रतिवद्धता रहने अडान राख्नु भएको थियो ।

धेरै दान सहयोग संकलन भईरहेको र अझै पनि दानविरहरुले सहयोग गर्ने क्रम जारी रहेको मूल समिति संयोजक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोलाप्रसाद महराले जानकारी दिनुभयो । साथै महायज्ञलाई २ दिन थप गरी २९ गतेसम्म सञ्चालन गरिने महराले जानकारी दिनु भएको छ । महायज्ञको कथा बाचकमा बाल व्यास बालयोगेश्वर महाराज रहनु भएको उहाले बताउनु भयो ।।

Gorkha Hospital Dang
error: दाङ खबरका सबै सामग्री प्रतिलिपि अधिकार अन्तरग सुरक्षित गरिएकाले कृपया यस साइटका सामग्री अन्य साइटमा कपि पेष्ट गरेको पाइएमा दाङ खबरको फेसबुक पेज मार्फत् सार्वजनिक गरिने छ । दाङ खबर परिवार ।