Home / अर्थ / च्याउमा आत्मनिर्भर बन्दै दाङ
rapti Bheri Bikash Bank

Rahul Traders Dang

च्याउमा आत्मनिर्भर बन्दै दाङ

उदय बीसी,

दाङ, कार्तिक २६ । दाङ च्याउमा आत्मनिर्भर बन्दै गएको छ । जिल्लामा गएको आर्थिक वर्षमा करीब ७२ लाख १४ हजार रुपैयाँबराबरको च्याउ उत्पादन भएको र त्यो जिल्लाभित्रै खपत भएको जिल्ला कृषि विकास कार्यालय दाङले बताएको छ ।

योसँगै दाङ च्याउ उत्पादनमा आत्मनिर्भर भएको कार्यालयका बाली संरक्षण अधिकृत पिताम्बर बस्नेतले बताए । ‘पछिल्लो समयमा दाङका कृषकहरू व्यावसायिक च्याउखेतीमा आकर्षिक भएका छन्,’ उनले भने, ‘करीबकरीब जिल्ला च्याउमा आत्मनिर्भर भइसकेको अवस्था छ ।’ आव २०७३/७४ मा जिल्लामा विभिन्न जातका ३९ दशमलव २३ मेट्रिक टन च्याउ उत्पादन भएको थियो, जसबाट कृषकहरूले ७२ लाख १४ हजार आम्दानी गरेको कार्यालयले जानकारी दिएको छ ।

अहिले जिल्लाका १ सय ४२ जनाले आफूले खानका लागि र ७ सय १३ जनाले व्यावसायिक रूपमा च्याउखेती गर्दै आएका छन् । थोरै लगानीमा धेरै आम्दानी गर्न सकिने भएकाले यो खेतीमा कृषकहरू आकर्षित भएको कार्यालयको भनाइ छ । कार्यालयले वर्षेनि प्याकेजकै रूपमा च्याउ उत्पादनका कार्यक्रम सञ्चालन गर्दै आएको पनि छ । जिल्लामा व्यावसायिक च्याउ खेती गर्नेहरूको सङ्ख्या बढ्दै गएपछि अहिले तुलसीपुर उपमहानगरपालिका–१२ मा लघुउद्यम च्याउ प्रशोधन केन्द्र सञ्चालनमा आएको छ । यहाँ कृषकहरूले विशेष गरी गोब्रे र कन्ये च्याउको व्यावसायिक खेती गर्दै आएका छन् ।

Gorkha Hospital Dang
error: दाङ खबरका सबै सामग्री प्रतिलिपि अधिकार अन्तरग सुरक्षित गरिएकाले कृपया यस साइटका सामग्री अन्य साइटमा कपि पेष्ट गरेको पाइएमा दाङ खबरको फेसबुक पेज मार्फत् सार्वजनिक गरिने छ । दाङ खबर परिवार ।