Home / साहित्य/मनोरञ्जन /  मोडलिङमा कृतिको यात्रा
rapti Bheri Bikash Bank

Rahul Traders Dang

 मोडलिङमा कृतिको यात्रा

दाङ, कार्तिक २३ । कसैकसैले रुपमा बरदान नै पाएका हुन्छन् । त्यही मध्यकी एक हुन कृति घिमिरे । हेर्दा पनि अत्यन्त राम्री कृति मोडलिङ क्षेत्रमा कृतिमान राख्ने उद्देश्य लिएर यो क्षेत्रमा प्रवेश गरेकी छन् ।

सफल मोडल बन्नका लागि क्षमतासहित यो क्षेत्रमा प्रवेश गर्न लागेकी कृतिले हालसम्म विभिन्न फेसन शोहरुमा आफ्नो प्रतिभा प्रस्तुत गरिसकेकी छन् भने फोटोसूटहरु पनि उनले गरि सकेकी छन् । काठमाडौमा मम्मी भाईसँग बसि रहेकी १९ वर्षीया कृति व्याचलरमा अध्ययन गर्छिन् ।


घरको पूर्ण सहयोगमा मोडलिङ क्षेत्रमा लागेकी कृति अभिनय, नृत्यमा पनि पोक्त छिन् । भविष्यमा सफल मोडल र सफल नायीका बन्ने उद्देश्यले विभिन्न प्रशिक्षणहरु लिइरहेकी कृतिको यो क्षेत्रमा बाल्यकालदेखि नै लाग्ने सोँच थियो । कृतिको हँसिलो सुन्दर मुहार, चिटिक्क परेको जिउडाल, अग्लो जिउडालसँगसँगै क्षमता पनि उनको अदभूत छ । जसले गर्दा यो क्षेत्रमा धेरै माथिसम्म जाने सम्भावना कृतिको देखिन्छ । उनको यही सम्भावनाले गर्दा आफन्तहरुले समेत यो क्षेत्रमा समर्पित हुन उनलाई सल्लाह दिएका छन् ।


‘मेरौ सबै कुराले मलाई यो क्षेत्रमा केही गर्न सक्छु जस्तो लागेको छ । म सफल मोडल एवं नायीका बन्नका लागि जस्तो सुकै परिश्रम, त्याग, समर्पण गर्न पछाडि हट्ने छैन’, कृतिले थपिन्, ‘यो क्षेत्रमा सफल बन्नका लागि के गर्नुपर्छ मलाई थाहा छ ।’

Gorkha Hospital Dang
error: दाङ खबरका सबै सामग्री प्रतिलिपि अधिकार अन्तरग सुरक्षित गरिएकाले कृपया यस साइटका सामग्री अन्य साइटमा कपि पेष्ट गरेको पाइएमा दाङ खबरको फेसबुक पेज मार्फत् सार्वजनिक गरिने छ । दाङ खबर परिवार ।