Smiley face
पशुपालनका लागि २५ लाख ७६ हजार रुपैया खर्च गरिने – ।।दाङ खबर।।
Smiley face

Home / अर्थ / पशुपालनका लागि २५ लाख ७६ हजार रुपैया खर्च गरिने

पशुपालनका लागि २५ लाख ७६ हजार रुपैया खर्च गरिने

शंकर केसी,
दाङ, कार्तिक २२ । पशुपालन सम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम बुधबार शान्तिनगरको चिराघाटमा सम्पन्न भएको छ । शान्तिनगर गाउँपालिकाअन्तर्गत पशुस्वास्थ्य शाखाले अभिमुखीकरणको आयोजना गरेको हो ।

कार्यक्रममा उपस्थित किसान तथा सरोकारवाला व्यक्तिहरुलाई यस आर्थिक वर्षमा गाउँपालिकाले पशुपालनको क्षेत्रमा छुट्याएको बजेट, कार्यक्रम र सेवा सुविधाका बारेमा अभिमुखीकरण गरिएको पशुस्वास्थ्य शाखाका प्रमुख देवराज आचार्यले बताउनुभएको छ । उहाँले यस आर्थिक वर्षमा गाउँपालिकाभरि पशुतर्फ २५ लाख ७६ हजार रुपैया खर्च गरिने जानकारी दिनुभयो । उक्त रकम पशु सेवा स्वास्थ्य नियमन कार्यक्रम, पशु सेवा विकास कार्यक्रम, पशु सेवा आहार कार्यक्रम र पशु सेवा प्रसार कार्यक्रमका लागि खर्च गरिने प्रमुख आचार्यले बताउनुभयो ।

कार्यक्रममा शान्तिनगर गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगी, कार्यकारी अधिकृत निमबहादुर केसीलगायतकाले पशुपालनको माध्यमबाट आर्थिक अवस्था सुधार गर्ने प्रशस्तै सम्भावना रहेको भन्दै व्यवसायिक रुपमा किसानहरुले केही कुरा बुझेर यसतर्फ लाग्नुपर्ने बताउनुभएको थियो ।


Gorkha Hospital Dang