Home / प्रवास / सजिलो छैन अष्ट्रेलियामा नेपालीलाई घर
rapti Bheri Bikash Bank

Rahul Traders Dang

सजिलो छैन अष्ट्रेलियामा नेपालीलाई घर

सिड्नी । अष्ट्रेलियाको स्थाई बसोबास अनुमति या नागरिकता प्राप्त गरेपछि अधिकांश नेपालीले देख्ने सपना हो अष्ट्रेलियामा आफ्नै ‘सुन्दर घर’ ।

आफ्नै घरमा बस्दाको अनुभव बाहिरबाट निकै सुन्दर देखिने भएकाले नेपालीहरुले यहाँ घर किन्न उद्धत हुन्छन् । त्यसो त अरुको घरमा बस्नुपर्दा आइपर्ने समस्या र हप्तैपिच्छे वाहाल तिर्ने पैसाले करिब–करिब घर नै किन्न पुग्ने भएका कारण पनि नेपालीहरु आफ्नै घर किन्ने गरेका छन् । तर अष्ट्रेलियामा घर किन्नु बाहिरबाट जति आकर्षक र सहज देखिन्छ, घर किनेपछिको समस्या त्यती नै विकराल र पीडादायी छ ।

नेपालमा स्याङ्जा स्थाई घर भएका रुबिन शर्मा(नाम परिवर्तन) भन्छन्, ‘बाहिरबाट हेर्दा आफ्नै घर छ भनेजस्तो देखिन्छ, तर भित्री पीडा आफैसँग हुन्छ ।’ करिब १ वर्षअघि सिड्नीमै घर किनेका उनले हप्तैपिच्छे मोडगेज अर्थात किस्ता तिर्नुपर्छ । ‘घर किन्नुअघि त हप्तैपिच्छे घरवाहाल बुझाउनुभन्दा घरकै लागि किस्ता तर्नु ठिक जस्तो लाग्थ्यो । तर अहिले त्यसैको झण्झट ठूलो छ ।’

घर किन्नेले वाहालभन्दा केही धेरै रकम घरको किस्ता वापत तिर्नुपर्ने हुन्छ । हप्तैपिच्छे तिनुपर्ने भएकाले पैसा कमाउनैपर्ने वाध्यता हुन्छ । त्यसबाहेक घरको विद्युत, खानेपानी, विमा लगायतका विविध शीर्षकमा हुने खर्च त छुट्टै छ ।

शर्मा भन्छन्,‘३० वर्ष घर किनेवापतको किस्ता तिर्नुपर्ने हुन्छ । काम नगरे किस्ता बुझाउन सकिंदैन भन्ने चिन्ताले हप्तैपिच्छे पिरोल्छ । कतै छुट्टिमा जाउँ भनेपनि किस्ता तिर्नुपर्ने मिति झलझलि दिमागमा आउँछ । विसन्चो हुँदाको पीडा एकतिर छँदैछ, त्यसमाथी पनि किस्ता तिर्ने पीडा थपिन्छ । काम गर्न सकिएन भने किस्ता तिर्न सकिंदैन । बाहिरबाट अष्ट्रेलियामा घर जति सुन्दर देखिन्छ, यसको भित्री तनाव त्यती नै दर्दनाक छ ।’

यसबाहेक पनि अर्को ठूलो चिन्ता भनेको ब्याज हो । बैंकहरुले ब्याजको दरमा हेरफेर गर्दा घरको किस्ता पनि प्रभावित हुन्छ ।

बैंकहरुले ब्याजदर कम तोक्दा यस्ता घर लिनेहरुलाई थोरै मात्रै किस्ता तरिे पुग्छ भने ब्याज बढ्दा किस्ता पनि सोही अनुपातमा बढ्छ । शर्मा भन्छन्, ‘अहिले बैंकको ब्याज कम छ र केही शान्ति मिलेको छ । तर यसको ब्याज बढ्सँगै फेरी आर्थिक भार थपिनेछ । घरकिन्दा यस्तै यावत चिन्ता पनि सँगै आउँदो रहेछ ।’

त्यसो त आफुसँग पर्याप्त पैसा भए मोडगेजको झण्झण्टबाट मुक्त हुन ३० वर्ष पर्खिराख्नु पर्दैन । तर घर लिइसकेपछि संगै आउने अन्य खर्च, बच्चाबच्चीको लालनपालन लगायतका खर्चले कमाएको पैसा जिविकोपार्जन गर्नैमा ठिक्क हुन्छ । किस्ता अग्रिम तिर्ने सोंच सोंचमै सिमित रहन्छ ।

१० लाख अष्ट्रेलियन पीडित

अष्ट्रेलियाको ठूलो जनसंख्या यस्तो किस्ताबाट पीडित छ । डिजिटल फाइनान्स एनलाइटिक्सले हालै गरेको एक अध्ययनले अष्ट्रेलियाका ९ लाख १० हजार मध्यमवर्गीय परिवार किस्ताको चिन्ताबाट पीडित बनेको तथ्य सार्वजनिक गरेको हो ।

पछिल्लो ६ महिनायता यस्ता परिवारको संख्या २० प्रतिशतले बढेको पनि तथ्यांकले देखाएको छ । तथ्यांकले आम्दानी भएको रकमले घर वापतको किस्ता तिर्न र सामान्य जिवन यापन गर्न नसक्ने परिवारलाई पीडित भनेको छ । तथ्यांकले यस्ता परिवारको संख्या बढिरहेको र यसले ठूलो दुर्घटना निम्तयाउनसक्ने भन्दै सम्बन्धित पक्षलाई गम्भीर हुन आग्रह गरिएको छ । अध्ययनले करिब ५२ हजार यस्ता परिवार ऋण तिर्नै नसक्ने अवस्थामा रहेको र उनीहरुलाई बैंकले जुनै बेला पनि घर निकाला गर्नसक्ने पनि देखाएको छ । यसको कारण खर्च र आम्दानीको अनुपातमा एकरुपमा नहुनु बताइएको छ ।

Gorkha Hospital Dang
error: दाङ खबरका सबै सामग्री प्रतिलिपि अधिकार अन्तरग सुरक्षित गरिएकाले कृपया यस साइटका सामग्री अन्य साइटमा कपि पेष्ट गरेको पाइएमा दाङ खबरको फेसबुक पेज मार्फत् सार्वजनिक गरिने छ । दाङ खबर परिवार ।