Home / दाङ विशेष / लावाजुनी थारु समुदायको जीवन झल्किने चलचित्र हो : केएल पीडित
rapti Bheri Bikash Bank

Rahul Traders Dang

लावाजुनी थारु समुदायको जीवन झल्किने चलचित्र हो : केएल पीडित

काठमाण्डौ बाहिर उत्कृष्ट चलचित्रहरु निर्माण हुने क्रम बढेको छ । दाङमा पनि स्थानीय कथाबस्तुलाई आधार बनाएर चलचित्र निर्माण भैरहेका छन । केहि वर्षसम्म चलचित्र बनाउन काठमाण्डौ अर्थात राजधानी नै पुग्नु पर्छ भन्ने मान्यतालाई तोड्दै जिल्लाबाट पनि चलचित्रहरु समेत निर्माण हुन थालेका छन ।

यसैक्रममा दाङबाट अर्को चलचित्र निर्माण भएको छ । थारु समुदायमा रहेका बालबालिकाहरुलाई जमिनदारको घरमा काम गर्न पठाउने कमलरी प्रथाको विषयलाई लिएर चलचित्र निर्माण गरीएको छ ।

कला, साहित्य तथा पत्रकारीताको क्षेत्रमा लामो समय देखि क्रियाशिल केएल पीडितले लेखन, निर्माण र निर्देशन गरेको चलचित्र लावाजुनीको छाँयाकंनको साथै निर्माण सम्पन्न भएको छ । प्रर्दशनका लागि व्यवस्थापन हुँदै गर्दा निर्देशक पीडित संग दाङ खबरका कार्यकारी सम्पादक नवीन अभिलाषीले गर्नुभएको कुराकानीको सारसंक्षेप :

लामो समय देखि चर्चामा आएको चलचित्र लावाजुनीको निर्माण कहाँसम्म पुग्यो ?
चलचित्र निर्माणको काम पुरा भयो । तर बाकि केहि काम छ । सब टाईटल राख्ने भन्ने कुरा थियो । तर अहिले त्यो तत्कालको लागि रोकिएको छ । किन भने भोलि चलचित्र देश बाहिर कहाँ प्रर्दशन गर्ने भन्ने अहिले थाहा छैन । सब टाईटल कुन भाषामा राख्ने भन्ने कुरा टुंगो नलाग्दा सम्म त्यो काम रोकिएको छ । चलचित्र निर्माण भैसके पछि हामीले घोराही मै चलचित्रको फसट लुक सार्वजनिक गरीसकेका छौँ ।

चलचित्रको निर्माण सम्पन्न भएपश्चात के गर्दै हुनुहुन्छ ?
अको समय भनेको चलचित्रको प्रमोसन नै हो । चलचित्र लावाजुनी राम्रो चलचित्र बनेको छ । यो चलचित्र धेरै भन्दा धेरै मानिसहरुले हेर्नु पर्ने बनेको छ । त्यसकारण हामीले यसलाई प्रचारप्रसार अलि बलियो बनाउने तयारी भएको छ ।

थारु समुदायमा रहेको कमलरी प्रथामा बनेको चलचित्र भनिएको छ, खासमा यो चलचित्र कस्तो चलचित्र हो ?
पश्चिम नेपालका केहि जिल्लामा थारु समुदायको उल्लेख्य बसोबास छ । त्यो समुदायमा चरम गरिवी, अशिक्षा र अन्धविस्वासका कारण बालिकाहरुलाई शिक्षाको पहुँचमा पुर्याउनु भन्दा पनि जमिनदारको घरमा काम गर्न बसाल्ने र बार्षिक रुपमा केहि ज्यालाको रुपमा अन्नपात र पैसा लिएर जीवन चलाउने प्रचलन थियो । त्यो पछिल्लो समयमा हटेर गएको छ ।
पढ्ने उमेर र आफ्नो व्यक्तिगत विकास गर्ने उमेरमा बालिकाहरुले जमिनदारको घरमा बसेर काम गर्दा त्यहा भोग्नु परेको पीडा, अन्याय, शोषण के कस्तो हद सम्मको हुन्छ भन्ने कुरालाई हामीले चलचित्रमा देखाउन खोजेका छौँ ।
त्यति मात्र हैन, लामो समय सम्म कमलरी बसेर विभिन्न निकायहरुको सहयोगमा उद्धार भएका ती बालिकाहरुले आफ्नो जीवनलाई कसरी परिवर्तन गर्छन ? भन्ने कुरा हामीले चलचित्रमा देखाउन खोजेका छौँ । चलचित्रको कथा, विषय बस्तु अहिलेकाृ समय सान्र्दभिक छ ।

लावाजुनीको अर्थ के हो ?
लावाजुनीको अर्थ जीवन परिवर्तन वा अर्को जीवन भन्ने बुझिन्छ । यो थारु भाषाकै शब्द हो । यो शब्दको उच्चारण देउखुरी र दाङमा फरक फरक रुपले उच्चारण गरेको भए पनि यसको अर्थ भनेको जीवन परिवर्तन हो । यसको अर्थको सापेक्षता भनेको कमलरी बालिकाहरुले आफ्नो दास जीवनलाई कसरी सार्थक जीवनमा रुपान्तरण गर्छन भन्ने कुरा देखाउन खोजिएको छ । चलचित्रमा एउटा संघर्षको कथा छ । जुन संर्घषका कारण बालिकाहरुको जीवन परिवर्तन भैरहेको देखाएका छौँ ।

यो चलचित्रको प्रर्दशनको व्यवस्थापन कसरी मिलाईरहनु भएको छ ?
यो चलचित्र हामीले हेरेर मात्र पुग्ने चलचित्र हैन । नेपाली चलचित्र उद्योगमा निर्माण भएका चलचित्र मात्र मनोरञ्जनमुलक चलचित्रको रुपमा हेरिएको छ । तर लावाजुनी विशुद्ध मनोरञ्जनमुलक मात्र चलचित्र हैन । यो भित्र धेरै विषयहरु छन् ।
एउटा महत्वपुर्ण कुरा के भने चलचित्रमा थारु समुदायको एैतिहासिक विषयलाई उठाईएको छ । उनिहरको जीवन शैलीलाई जीवन्त रुपमा प्रस्तुत गर्ने प्रयास गरीएको छ । थारु समुदाय कसरी मालिकको घरमा काम गर्न बाध्य भए र कलिला बालिकाहरुलाई उनिहरुले कसरी काममा लगाए ? र त्यसबाट समाजमा आएको प्रभाब र परिवर्तनबारे समाज विकास क्रमलाई गहिरो अध्ययन गरेर चलचित्र निर्माण गरीएको छ ।
त्यसकारण यो चलचित्र आम सर्वसाधारणले त हेर्नै पर्छ । त्यसको साथै विभिन्न राजनितीक दलका नेता, सरकारी कर्मचारीको साथै माथिल्लो ओहोदामा बसेर देशको निती निर्माणको क्षेत्रमा काम गर्नेहरुलाई पनि यो चलचित्र देखाउने गरी व्यवस्थापन मिलाईरहेका छौँ । यसको साथै हामीले दाङमा पनि यो चलचित्रको विशेष प्रर्दशन गर्ने तयारी गरीरहेका छौँ ।

तपाईले यो भन्दा अगाडी पनि थारु समुदायको कथामा आधारित चलचित्र निर्माण गर्नुभएको थियो । र यो पनि थारु समुदायकै कथा छ, अरु कथा किन रोज्नु भएन ?
चलचित्र निर्माणका लागि अहिले धेरै कथाहरु छन् । बनाउन पनि सकिन्छ । तर समयको माग भनेको महत्वपुर्ण नै हुन्छ । व्यवसायीक रुपले पनि कलालाई हेर्नुपर्छ ।
तर थारु समुदाय भित्र धेरै विषयहरु छन् । जुन चलचित्र, कला साहित्यमा कैद गर्नै पर्छ । कमलरी प्रथा अहिले प्रचलनमा छैन । पछि यो हराएर जान्छ । भोलीका दिनहरुमा सबैलाई थारु समुदायका कमलरी प्रथा जस्तो नराम्रो प्रथा थियो भन्ने बारेमा सबैले जान्नु पर्छ ।
अर्को तर्फ कमलरीबाट मुक्त भएका बालिकाहरुको अबस्था नाजुक छ उनिहरुको सहज पुर्नस्थापना र विकास गाह्रो छ । उनिहरुको आन्दोलन जारी छ । उनिहरुको आन्दोलनलाई सहयोग पुराउन र ऐतिहासिक रुपमा संग्रहको लागि पनि यो विषयमा चलचित्र निर्माण हुनु जरुरी थियो ।

गैरथारु भएकाले तपाईलाई यो चलचित्र निर्माण गर्न कति गाह्रो भयो ?
चलचित्र निर्माण गर्नु स्वभाविकै रुपमा गाह्रो काम हो । तर गैरथारु समुदायको भएकाले विभिन्न सानासाना समस्याहरु आईरहन्छन् । तर म थारु समुदाय भन्दा धेरै परको मानिस भने हैन । थारु समुदाय संगै हुर्केको मानिस भएकाले समस्या समाधान गर्न सहज नै भयो । तर कथालाई जीवन्त बनाउनका लागि यो चलचित्रमा मैले धेरै ठुलो मेहनत गरेको छु । मलाई लाग्छ दर्शकहरुले यो चलचित्र हेरेर मलाई सल्लाह सुझाब र प्रतिक्रिया दिनुहुनेछ ।

दाङमा कला, साहित्य तथा चलचित्र निर्माणको अबस्था कस्तो छ ?
विगतको तुलनामा सुधारोन्मुख छ । हिजोका दिनहरुमा साधारण चलचित्र निर्माण गर्न साह्रै नै गाह्रो थियो । कलाकार देखि चलचित्र निर्माण गर्ने उपकरण समेत नपाईने अबस्था थियो । तर अहिले पछिल्लो समय नृत्य, अभिनय लगाएत कला, साहित्य र मनोरञ्जनलाई आफ्नो भविष्य हो भनेर काम गर्ने मानिसहरुको भिड बढेको छ । जसका कारण चलचित्रमा काम गर्न पहिलेको तुलनामा सहज पनि छ । तर अझै गर्न बाकि छ ।

Gorkha Hospital Dang
error: दाङ खबरका सबै सामग्री प्रतिलिपि अधिकार अन्तरग सुरक्षित गरिएकाले कृपया यस साइटका सामग्री अन्य साइटमा कपि पेष्ट गरेको पाइएमा दाङ खबरको फेसबुक पेज मार्फत् सार्वजनिक गरिने छ । दाङ खबर परिवार ।