Home / प्रवास / ओमानमा खेले नेपालीहरुले भैलो
rapti Bheri Bikash Bank

Rahul Traders Dang

ओमानमा खेले नेपालीहरुले भैलो

ओमान/ ओमानमा रहेका नेपालीहरुले भैलो खेलेका छन् । नेपाल मगर सँघ ओमानको आयोजनामा नेपालीहरुले देउसी भैलो खेलेका हुन् ।

ओमानको राजधानी मस्कटमा भैलो खेलिएको संघका सचिव सुशील पुन विरहीले जानकारी दिनुभयो । उहाँले हलहुति रेष्टुरेन्टमा दीपावलीको शुभकामना आदान प्रदान कार्यक्रम पनि सम्पन्न भएको जानकारी दिनुभयो । सँघका अध्यक्ष सूर्यबहादुर थापा मगरको अध्यक्षता एवं समाजसेवी तोलाकान्त भट्टराईको प्रमुख आतिथ्यता तथा सँघका सल्लाहकार क्याप्टेन सेवन्त पुर्जा पुनमगरको विशेष आतिथ्यतामा कार्यक्रम भएको थियो ।

मगर सँघ ओमानका महिला सँयोजक गोमा थापा मगरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरुले आआफ्नै क्षेत्र र प्रकारका देउसी भैलो खेलेर बहु सँस्कृतिको झल्को देखाएका थिए भने मगर सँघका कलाकारहरुले आफ्नै भेषभूषामा सजिएर मौलिक पहिचान र आफ्नो सँस्कृति झल्किने नृत्य देखाएका थिए ।

साथै अन्य कलाकारहरुले पनि नृत्य प्रस्तुति तथा गायन प्रस्तुति दिएका थिए । सञ्चालन संघका सचिव सुशील पुन विरही र
सह उपाध्यक्ष रुपा पुन मगरले गर्नुभएको थियो ।

Gorkha Hospital Dang
error: दाङ खबरका सबै सामग्री प्रतिलिपि अधिकार अन्तरग सुरक्षित गरिएकाले कृपया यस साइटका सामग्री अन्य साइटमा कपि पेष्ट गरेको पाइएमा दाङ खबरको फेसबुक पेज मार्फत् सार्वजनिक गरिने छ । दाङ खबर परिवार ।