Home / दाङ विशेष / रोल्पा जलजला सेवा समाज कतारको दिपावली बिशेष कार्यक्रम हुने
rapti Bheri Bikash Bank

Rahul Traders Dang

रोल्पा जलजला सेवा समाज कतारको दिपावली बिशेष कार्यक्रम हुने

मनिषा राई,
रोल्पा, असोज २८ । रोल्पा जलजला सेवा समाज दोहा कतारले बैठक सम्पन्न भएको छ । प्रवासमा रोल्पालीहरुको शान्ति, सद्भाव र एकताको चाहना : नेपालीहरुको दोस्रो महान पर्व शुभ दिपावलीको शुभकामना भन्ने मुल नाराका शुक्रबारको दिन कतारको दोहा स्थित दिवार अल्कुदुप पठानी पार्कमा बैठक भएको हो ।

बैठकमा जिल्ला भित्र रहेका टोल वडा गाबिस स्थरिय समाज समुहका प्रतिनिधित्व र रोल्पा जलजला सेवा समाजका कार्यसमिति पदाधिकारी, सल्लाहकार, सदस्यहरु तथा नया रोल्पाली दाजुभाइ दिदिबहिनीहरुको बाक्लो उपस्तिथि रहेको थियो । समाजका अध्यक्ष शिव बुढाथोकीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा उहाले कतारमा आइपर्ने विभिन्न समस्याको समाधानको लागि समाजले गर्दै आइरहेको समाजिक कार्य अभियानको लागि सहयोग गरिदिनु हुन अनुरोध समेत गर्नुभयो ।

त्यसैगरी समाजका संयोजक बसन्त थापाले रोल्पा जलजला सेवा समाज कतारले जिल्ला संस्था द्वारा समन्वय गाबिस स्तरीय संघ सस्थाको बिजया दशमी शुभ दिपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रमको अन्तिम तयारी भैसकेको बताउनुभयो । उहाले कार्यक्रम २० अक्टोबर २०१७ शुक्रबारको दिन दिउँसो १२ः३० बजे देखि रोटना रेष्टुरेन्ट सभाहल सनैयामा हुने समेत जानकारी दिनुभयो ।

कार्यक्रममा उपस्थित अतिथिहरुलले सम्पुर्णको सल्लाह सुझाव तथा भनाइलाई एकमुष्ट गर्दै कार्यक्रमलाई यसपटक कतारमा रहेका रोल्पालीहरु बिचमा नया चेतनामूलक कार्यक्रम गरी मनाइने बताएका थिए । कार्यक्रमको सन्चालन समाजका महासचिव देबराज पुनले संचालन गर्नुभएको थियो ।

Gorkha Hospital Dang
error: दाङ खबरका सबै सामग्री प्रतिलिपि अधिकार अन्तरग सुरक्षित गरिएकाले कृपया यस साइटका सामग्री अन्य साइटमा कपि पेष्ट गरेको पाइएमा दाङ खबरको फेसबुक पेज मार्फत् सार्वजनिक गरिने छ । दाङ खबर परिवार ।